coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

पोखरा विमानस्थलको निर्माण तत्काल अघि बढाउन निर्देशन

पोखरा– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनबहादुर शाहीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य तत्काल अघि बढाउन निर्देशन दिए।

निर्माणाधीन विमानस्थलको परिसरमा आज स्थलगत निरीक्षण गर्दै उनले उक्त निर्देशन दिए।

“विमानस्थल निर्माणका लागि देखापर्ने नीतिगत समस्या र ऐन कानुनको सहजीकरण गर्न म निरन्तर लागेको छु”, उनले भने– “तोकिएको समयसीमा भित्रै निर्माण कार्य सम्पन्न गर्नुपर्छ ।”

विमानस्थल निर्माणका लागि आवश्यक जग्गा अधिग्रहणको कार्य सम्पन्न भइसकेको र वरिपरिको बाटो निर्माणसमेत भइसकेकाले अब केही दिनभित्रमा नै निर्माण कार्य अगाडि बढ्ने उनले विश्वास व्यक्त गरे।

बिहीबार नै मन्त्री शाहीले रुपातालको शिरमा रहेको रूपाकोट भ्यू स्थलको उद्घाटन गर्दै यसले पोखरामा पर्यटन उद्योग प्रवद्र्धन गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए।

पर्यटकीय सम्भावना बोकेको रुपाकोटबाट पोखराका महत्वपूर्ण पर्यटकीय फेवाताल, रुपाताल, बेगनासताल र सम्पूर्ण हिमशृङ्खलाको एकैपटक दृश्यावलोकल गर्न सकिन्छ ।

पर्यटकीय नगरी पोखराको सांस्कृतिक सम्पदा निर्माण गर्ने कार्य आफ्नो प्राथमिकतामा रहेको मन्त्री शाहीको भनाइ छ । रासस

प्रकाशित: २३ मंसिर २०७३ ०९:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App