coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

मकवानपुरका बोटेहरूले भने– 'हामीलार्इ माछा मार्न देउ'

हेटौँडा– मकवानपुरको मनहरि गाविसका बोटे समुदायले आफ्नो परम्परागत पेसा रोक्न नहुनेमा जोड दिएका छन् ।

रमौली प्रतापपुरमा बस्दै आएका उनीहरुले आफ्नो परम्परादेखिका जीविकोपार्जनका लागि आधारभूत आवश्यकताको माग राख्दै आज पर्सा वन्यजन्तु आरक्षको कार्यालयमा मागपत्र बुझाएका हुन् ।

दैनिकी गुजाराका लागि जङ्गली कन्दमूल खोज्ने र बालुवा चाल्ने कार्य गर्दै आएका उनीहरुले माछा मार्न नपाएकामा असन्तुष्ट व्यक्त गरेका थिए ।

बालुवा चाल्ने कार्य गर्दै आएकी कान्छीमाया बोटे भन्छिन्,  “निकञ्जमा बस्नेले त बालुवा चल्ने, सुन चाल्ने र माछा मार्ने गर्दा कसैले रोक्दैनरे, हाम्ले नि पाउनुपर्यो नि त, पुर्खादेखी गर्दैआएको काम हो क्यार।”

बोटे समाज जिल्ला समन्वय समितिका प्रतिनिधि दिलबहादुर बोटेले कानुन एउटै भए पनि कार्यान्वयन भने ठाउँ र व्यक्तिअनुसार भिन्नाभिन्नै भएकाले आफूहरु त्यसको सिकार हुनुपरेको बताए। उनले भने, “कि त हामीलाई सीप सिकाउनुपर्यो, हैन भने परम्परागतरुपमा गर्दै आएको पेसा त गर्न दिनपर्यो नि ।”

पर्सा वन्यजन्तु आरक्षको कार्यालयका निमित्त प्रमुख शिवनारायण शाहले सो समुदायको मागपत्रलाई पूर्णरुपमा कार्यान्वयनका लागि पहल गर्ने प्रतिबद्धता जनाए।

मागपत्रमा माछा मार्ने अनुमतिपत्र उपलब्ध गराउनु पर्ने, परम्परागत पेसा व्यवसायको संरक्षण र प्रवद्र्धधन हुनुपर्ने, भूमिहीन बोटेलाई जीविकोपार्जनको वैकल्पिक पेसा र व्यवसायका लागि उचित सहयोग हुनुपर्ने, बोटेको बस्तीको दिगो पूर्वाधार विकास गरी पर्यापर्यटनको विकास र प्रवद्र्धनमा ध्यान दिनुपर्ने, आरक्ष भित्रको माछा पोखरी व्यवस्थित हुनुपर्ने, आफ्ना बालबलिकालाई उचित शिक्षाको व्यवस्था हनुपर्ने, बैलल्पिक रोजगारीको व्यवस्था हुनुपर्ने जस्ता कुरा उल्लेख छ। रासस

प्रकाशित: २३ मंसिर २०७३ १०:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App