coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

चन्दननाथ मन्दिरको पुजारी करारमा नियुक्त

जुम्ला–कर्णालीकै धरोहर चन्दननाथ मन्दिरमा मंसिर ११ गते राति बहुमुल्य २८ मूर्ति चोरी भएपछि पुजारी  चन्द्र मौलेश्वर गिरी प्रहरीको हिरासतमा छन्। घटनाको सत्य तथ्य छानविनका लागि पुजारी गिरी माथि अनुसन्धान भइरहेकोले मन्दिरको नियमित पूजालाई निरन्तरता दिन करारमा पुजारी नियक्त गरिने भएको छ।

प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितको संयोजकत्वमा बसेको बैठकले मन्दिरको नियमित रुपमा पूजापाठ गर्नको लागि नयाँ पुजारीका रुपमा नवराज अधिकारीलाई मासिक १५ हजार रुपैयाँ दिने गरी करार नियुक्ती दिने निर्णय गरेको हो।  यसैगरी   भैरवनाथ मन्दिरका पुजारी ज्ञान गिरीलाई मासिक १० हजार दिई करारमा पुजारीको रुपमा नियुक्ती गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी पण्डितले जानकारी दिए ।    

त्यस्तै भैरवनाथ मन्दिरका पुजारी ज्ञान गिरीलाई मासिक १० हजार दिई करारमा पुजारीको रुपमा नियुक्ती गर्ने, पछिल्लो समयमा मन्दिरको रेखदेख र संरक्षणमा चासो गएको छ। मन्दिरको सुरक्षा र संरक्षणमा स्थाीनय प्रशासन र गुठी समिति जागरुक हुँदै गएको हो।  प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डितको संयोजकत्वमा बसेको बैठकले मन्दिरको रक्षा, व्यवस्थापन र संरक्षण गर्नेे निर्णय गरेपछि मन्दिरको संरक्षणमा चासो गएको हो ।    

चन्दननाथ भैरवनाथ परिसरको सुरक्षाका लागि ५ जना प्रहरी परिचालन लागि जिल्ला प्रहरी कार्यालय जुम्लालाई अनुरोध गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी पण्डितले जानकारी दिए । बैठकले चन्दननाथ भैरवनाथ मन्दिरमा कामदारका रुपमा कार्यरत विष्णुुकान्त पाण्डे, मयलाल जैशी र लक्ष्मी देवकोटालाई नियमित रुपमा कामकाज गर्न लगाउने र कार्य सम्पादन गरेको १ वर्ष पूरा भएकाले थप १ हजार रुपैयाँ बढाउने निर्णय गरिएको चन्दननाथ भैरवनाथ गुठी व्यवस्था समितिका पूर्व अध्यक्ष गौरीनन्द आर्चायले जनाए ।
 आर्चायका अनुसार चन्दननाथ भैरवनाथ मन्दिरको सुरक्षाका लागि सिसिटिभी जडान गर्ने र नियमित वत्ति बाल्नकालागि सोलार जडान गर्ने निर्णय भएको हो । आवश्यक स्रोत व्यवस्थापनका लागि जिल्ला विकास समितिलाई ३ लाख ५० हजार र चन्दननाथ नगरपालिकालाई १ लाख ५० हजार रुपैयाँ बरावरको आर्थिक सहयोगका लागि आग्रह गरिएको छ ।   
 जाडो मौसममा पुजारीलाई  प्रयोगकालागि ग्यास र नुहाउनकालागि हिलट्ंयाक खरिद गरिने भएको छ । जुम्ला जिल्लाका विभिन्न सरकारी कार्यालयका प्रमुख, पूर्व सभासद देवीलाल थापा, गुठी व्यस्थाका समितिका पूर्व पदाधिकारी र भक्तजन लगायातको सहभागितामा मन्दिर व्यवस्थापनका लागि यस्ता खाले निर्णय भएका हुन्।   
 

प्रकाशित: २३ मंसिर २०७३ १०:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App