coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

सातौं राष्ट्रिय खेलकुदका लागि ब्याडमिन्टनका १२ खेलाडी छनौट

धनकुटा– सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि पूर्वाञ्चलवाट ब्याडमिन्टन खेलका लागि सात जना  पुरुष र ५ जना महिला खेलाडी छनौट भएका छन् ।

छनौट भएका खेलाडीहरुमा पुरुष तर्फ विजेता भएका भोजपुरका विवेक श्रेष्ठ, उपविजेता भएका खोटाङ्गका जीवन आचार्य, भोजपुरका विशाल मोक्तान, सुनसरीका सुजन श्रेष्ठ र प्रकाश लिम्बू, झापाका प्रनिश ठकुरी र भोजपुरका सुवास तामाङ्ग छनौट भएका छन् । विहीबार सम्पन्न छनौट प्रतियोगिताको फाइनलमा पुरुषतर्फ भोजपुरका विवेक श्रेष्ठले खोटाङ्गका जीवन आचार्यलाई २३–२१, २१–१५ को सोझो सेटमा हराएका थिए ।

यसैगरी महिला तर्फ विजेता बनेकी मोरङ्गका सीमा राजवंशी उपविजेता बनेकी खोटाङ्गकी सुजता राई, भोजपुरकी सीताकुमारी राई, सुनसरीकी रीमा कर्माचार्य र मोरङ्गी निता लम्साल  रहेका छन् ।

राष्ट्रिय खेलकुद परिषदको आयोजनामा सम्पन्न भएको छनौट प्रतियोगितामा पूर्वाञ्चलका विभिन्न जिल्लावाट पुरुष तर्फ ६७ जना र महिला तर्फ ४२ जनाको सहभागिता रहेका थिए ।

प्रकाशित: २३ मंसिर २०७३ १३:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App