coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

पुरुष फुटबल छनोट सुरु

झापा- सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि बिहीबार झापामा सुरु भएको पुरुष फुटबलको क्षेत्रीय छनोटमा झापा, सुनसरी र ओखलढुंगा विजयी भएका छन्। काँकरभिट्टा माविको खेल मैदानमा सुरु क्षेत्रीय छनोट प्रतियोगितामा झापाले इन्द्रजंग लिम्बु र पुश्प मादेनको गोलमा भोजपुरलाई २–० को नतिजामा हरायो भने सुनसरीले धनकुटालाई टाई–ब्रेकरमा ३–१ ले हरायो। बिहीबारै ओखलढुंगाले खोटाङमाथि ४–० को विजयी नतिजा निकाल्यो। ओखलढुंगाको जितमा अमृत बिकले २ गोल गरे भने विनेस राई र राजु राईले १/१ गोल गरेका थिए।

क्षेत्रीय छनोटअन्तर्गत शुक्रबार इलाम र सोलुखुम्बु’, ताप्लेजुङ र सप्तरी, संखुवासभा र उदयपुर तथा सिरहा र मोरङबीच खेल हुने पूर्वाञ्चल क्षेत्रीय फुटबल प्रतियोगिताका संयोजक ज्ञानेन्द्र बान्तवाले जानकारी गराए। पूर्वाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको आयोजना तथा झापा जिल्ला खेलकुद विकास समितिको संयोजनमा जारी प्रतियोगिता मंगलबारसम्म चल्नेछ।

प्रकाशित: २४ मंसिर २०७३ ०४:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App