coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

वाल यौन दुराचार सहिन्न : फिफा अध्यक्ष

सिंगापुर- इङल्यान्डका केही प्रशिक्षक र पूर्व खेलाडी वाल यौन दुराचारको घटनामा संलग्न रहेका विवादास्पद चर्चाहरु चलिरहँदा विश्व फुटबलको सर्वोच्च निकाय फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले बिहीबार फुटबल क्षेत्रमा हुने यस्ता अपराधमा शुन्य सहनसिलताको नीति अपनाएको बताएका छन्।

इन्फान्टिनोले वाल यौन दुराचारमा संलग्न हुनेलाई विना शंकोच खेलबाट प्रतिवन्ध लगाउनुका साथै कानुनी सजायँ समेत दिलाउने बताए। ‘जीवनमा केही पक्ष महत्वपूर्ण हुन्छन्। फुटबलमामात्र नभई कँही पनि वाल यौन दुराचार सहन नसकिने अपराध हो। यसलाई गम्भिर रुपमा लिनुपर्छ,' सिंगापुरमा जारी फिफाको तीन दिने सम्मेलनको समापनमा बिहीबार इन्फान्टिनोले भने, 'खेलकुद क्षेत्रले यसमा शुन्य सहनसिलताको नीति लिनुपर्छ। सँगै यसलाई कानुनी नजरले पनि हेर्नुपर्छ। यसलाई हामीले गम्भिर रुपमा लिँदै भविष्यमा यस्ता अपराध हुनबाट रोक्नुपर्छ।’

पत्रकारहरुले 'यसलाई इङलिस फुटबल संघको मात्र समस्याको रुपमा मात्र लिनुहुन्छ कि समग्र फुटबल क्षेत्रको समस्याको रुपमा लिनुहुन्छ?' भन्दै सोधेको प्रश्न्मा उनले यसलाई गम्भिर रुपमा लिएको र यसविरुद्ध कदम चालेको बताए।

पछिल्लो तीन सातादेखि इङलिस फुटबल संघ (एफए) श्रृंखलावद्ध रुपमा सन् १९७० र १९८० को दशकमा युवा खेलाडीहरु प्रशिक्षकबाट यौन दुराचारमा परेका विभिन्न काण्डको कारण विवादमा परेको छ ।

अहिलेसम्म २० भन्दा बढि खेलाडीले आफूहरु यौन दुराचारको सिकार भएको बताइसकेका छन्। जसमा एफएले यस घटनाको अनुसन्धान गर्ने आश्वासन दिइसकेको छ।

एफएका अध्यक्षले यो घटना संघका लागि अहिले सम्मकै ठूलो संकट भएको प्रतिक्रिया दिएका छन्।

इङलिस प्रिमियर लिगको टोली चेल्सीले आफ्ना पूर्व खेलाडी ग्यारी जोन्सनले सन् १९७० मा भोगोको दुराचारका लागी माफी मागीसकेको छ भने क्युपिआरले आफ्ना पूर्व कर्मचारी क्रिस गिलेरीविरुद्ध लागेको आरोपलाई गम्भिर रुपमा लिएको बताएको छ।

इङल्यान्डका पूर्व खेलाडी म्याथु ली टिस्यरले यसै हप्ता आफू युवा खेलाडी रहँदा  साउथह्यामटनका तत्कालिन प्रशिक्षकले नग्न तस्विरसहितको सन्देश पठाउने गरेको बताएका थिए।

प्रकाशित: २४ मंसिर २०७३ ०४:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App