coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

संशोधनले हाम्रो माग सम्बोधन गर्दैन : यादव

लहान- संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारले सदनमा दर्ता गराएको संविधान संशोधन प्रस्तावले मधेसी जनजातिसहित उत्पीडित समुदायको माग सम्बोधन नगर्ने भएकोले आन्दोलनका लागि तयार रहन आह्वान गरेका छन्।

बिहीबार लाहानका आठ सयभन्दा बढी प्रभावशाली नेता तथा कार्यकर्ताहरुको समूह संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेको छ। लहानको पशुपति उच्च माविमा आयोजित पार्टी प्रवेश कार्यक्रमका प्रमुख अतिथि एवं पार्टी अध्यक्ष उपेन्द्र यादवले नव प्रवेशी नेता तथा कार्यकर्ताहरुलाई फूलमाला र अबीरले स्वागत गर्दै यस्तो बताएका हुन्।

नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्› र राप्रपा लगायत विभिन्न पार्टी परित्याग गरी लहानका प्रभावशाली नेता कार्यकर्ताहरुको ठूलो समूह फोरम नेपाल प्रवेश गरेसँगै त्यस क्षेत्रमा पार्टीको पकड बलियो भएको फोरम नेपालका केन्द्रिय सदस्य एवम् सांसद डा. विरेन्द्र महतोले जानकारी दिए।

सांसद महतोले मुलुकलाई अब आर्थिक समृद्धिको बाटोमा डोर्याउनुपर्ने भन्दै त्यसको लागि ठूला राजनीतिक दलहरुले खिचातानीको लडाई अन्त्य गर्नुपर्ने धारणा राखे। उनले मुलुक गरिबीको दलदलमा फसेको बताउँदै आर्थिक समृद्धिको लागि राजनीतिक स्थायित्व आवश्यक रहेकोले त्यतातिर दलहरुले ध्यान दिनुपर्नेमा जोड दिए।

उनले भने, 'नेपाल अब गरिब भएर यसरी रहिरहन सक्दैन्, हाम्रो देश प्राकृतिक स्रोत र साधनले भरिपूर्ण देश हो, त्यसैले मुलुकलाई आर्थिक सम्पन्न बनाउनकोलागि सबै दलहरु मिल्नुको विकल्प छैन।' पार्टी प्रवेश गर्नेमा क्षेत्रीय स्तरका नेतादेखि स्थानीय, जिल्ला नेता, गाविसका पूर्व अध्यक्ष, पूर्व प्रधानाध्यापकदेखि गाविस स्तरका नेताहरु रहेका छन्। नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व गाविस अध्यक्ष राम नारायण यादव, एमाले नेताहरु सुरेन्› महतो, राज नारायण साह, नविन महतो, नेकपा माओवादी केन्›का नेताहरु राजन श्रेष्ठ, रमेश राई, मनोज लामा, राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला नेता मनोज यादव, फोरम गणतान्त्रिकका नेता दिपेन्› यादवको नेतृत्वमा एउटा ठूलो समूह फोरम नेपाल प्रवेश गरेका हुन्।

माओवादी नेता राजन श्रेष्ठको नेतृत्वमा सत्तरी जनाभन्दा बढी युवाहरुको समूह पनि सोही कार्यक्रममा फोरम नेपाल गरेको समाजवादी युवा फोरमका केन्द्रीय महासचिव अजयकुमार यादवले जानकारी दिए।

आमसभा एवं पार्टी प्रवेश कार्यक्रममा पार्टी उपाध्यक्ष एवं मधेश प्रदेश अध्यक्ष रेणु यादव, केन्द्रीय कोषाध्यक्ष एवं पूर्वमन्त्री विजय यादव, पूर्व मन्त्री राजलाल यादव,  केन्द्रीय सदस्य सञ्जय सिंह, असेश्वर यादव, महिला फोरमकी केन्द्रीय अध्यक्ष निर्मला यादव लगायतको उपस्थिति रहेको थियो।

बुधबार मात्रै सप्तरीमा हजार बढी र मंगलबार बारामा नौ सय ७५ जना प्रभावशाली नेता कार्यकर्ताको समूह फोरम नेपाल प्रवेश गरेको थियो।

प्रकाशित: २४ मंसिर २०७३ ०५:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App