coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

अनशनरत तिवारीलाई मन्त्री थापाले भेट्ने

काठमाडौं- स्वास्थ्य मन्त्री गगन थापाले १६ दिनदेखि अनशनरत नेपाल सद्भावना पार्टी (गजेन्द्रवादी) का नेता विकास तिवारीलाई भेट्ने भएका छन्। राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल परिसरमा अनशन बसेका तिवारीलाई मन्त्री थापाले भोलि (शनिबार) भेट्ने कार्यक्रम छ।

पटक-पटक वार्ता गर्दा पनि आफ्नो माग सम्बोधन गर्न सम्बन्धित पक्ष गम्भीर नएभएको भन्दै उनी विगत १६ दिनदेअ अनशनरत छन्। उनका मागबारे सरकार गम्भीर रहेको भन्दै मन्त्री थापाले डा. रमेश थापालाई वार्ताका लागि आज त्यसतर्फ पठाउने तयारीसमेत गरेका छन्।

यसअघि तिवारीसँग मन्त्रालयले क्षेत्रीय निर्देशकको नेतृत्वम, सहसचिव हरि शर्माको नेतृत्वमा वार्ता भइसकेका छन्। स्रोतका अनुसार तिवारीले डा. गोविन्द केसीलाई दुई-तीन पटक भेट गर्न हुने हामीलाई नहुने भन्दै गुनासो पोखेको स्रोतको भनाई छ। सोही कारणले मन्त्री थापा तिवारीलाई भेट्न जाने भएका हुन्।

राज्यको बेवास्ताले कुनै बेलाको व्यवस्थित सगरमाथा अञ्चल अस्पताल 'रेफरल सेन्टर' मा परिणत भएको भन्दै सुधारका लागि उनले मंसिर ८ देखि उनी आमरण अनशन थालेका हुन्। 

 

प्रकाशित: २४ मंसिर २०७३ ०६:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App