१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

हलेसीदेखि फर्केको बस दुर्घटना हुँदा ४ तीर्थयात्रीको मृत्यु (अपडेट)

उदयपुर- खोटाङको हलेसीबाट फर्केको तीर्थयात्री सवार यात्रुबाहक बस शुक्रबार विहान दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ। हलेसी दर्शन गरेर फर्केको ना ४ ख ३६२० नम्वरको बस सिद्धिचरण लोकमार्गको कटारी–घुर्मी सडक खण्डको लेखानी ६ स्थित भदौरेमा दुर्घटना हुँदा २ तिर्थयात्रीको घट्नास्थलमै मृत्यु भएको थियो भने २ को उपचारार्थ कटारी ल्याउँदा ल्याउँदै बाटैमा मृत्यु भएको हो।

पौने १०:०० बजे भएको दुर्घटनामा परी सप्तरी मघुपट्टी गाविस ६ की ३३ वर्षीया कुसुमदेवी राम, सोही ठाउँकी ६० वर्षीया सरस्वतीदेवी रामको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। १३ वर्षीय दिनेश रामको उपचारार्थ कटारी ल्याउँदा ल्याउँदै बाटैमा मृत्यु भएको हो भने मधुपटी ७ का ४५ वर्षीय छकन रामको कटारी अस्पतालमा उपचारको क्रममा भर्खरै मृत्यु भएको जिल्ला प्रहरी प्रमुख एसपी नरबहादुर केसीले बताए।

चालकसहित ४२ जना सवार बस दुर्घटनामा परी गम्भीर घाईतेमध्ये चालक सप्तरी कुशवाहा ५ का ४५ वर्षीय ललन पासवान र सिराहा जिल्ला गाढा गाविस ६ कि ३१ वर्षीया प्रमिला रामलाई धरानस्थित बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान रेफर गरिएको कटारी अस्पताललाई उद्धृत गर्दै एसपी केसीले बताएका छन्। त्यस्तै सिराहाको लाहान नगरपालिका  ८ की ३५ वर्षीया आशा विक र सप्तरी मनहरवा ३ का ४५ वर्षीय नथन विकको कटारी अस्पतालमै उपचार भईरहेको छ । अन्य घाईतेहरुको उपचार भईरहेको र उनीहरुमध्ये पनि कतिलाई रेफर गर्नुपर्ने अवस्था आउनसक्ने अस्पतालले जनाएको छ।

घुमाउरो सडकमा ब्रेक फेल भई अनियन्त्रित भएर दुर्घटनामा परेको बस सडकदेखि ३० मिटर तल खसेर दुर्घटनाग्रस्त भएको प्रत्यक्षदर्शीले घाईतेले बताएका छन्। अप्ठेरो भीरमा दुर्घटना भएकाले उद्धार गर्न निकै लामो समय लागेको प्रहरी भनाई छ। कटारीस्थित इलाका प्रहरी र कटारीकै सशस्त्र बेसक्याम्पबाट गएको टोलीले स्थानीयको सहयोगमा घाईतेको उद्धार गरेर एम्बुलेन्स र प्रहरी भ्यानमार्फत कटारी ल्याएर उपचारार्थ भर्ना गरिएको छ। 

पहिले र्घाइतेको उपचारतर्फ ध्यान दिइएका कारण लास उठाउँने काम दिउँसो अवेर मात्र भएको छ। कटारीदेखि ३४ किलोमिटर टाढा उत्तरमा रहेको दुर्घटनास्थलमा जिल्ला प्रहरी प्रमुख एसपी केसी स्वयं पुगेका छन् भने इप्रका कटारीका डिएसपी घट्ना भएको खवर पाएदेखि नै उद्धारमा खटिएका छन् । सशस्त्र र स्थानीयले पनि साथ दिएका छन्।

प्रकाशित: २४ मंसिर २०७३ ०७:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App