६ वैशाख २०८१ बिहीबार
समाज

बाल विवाह छुटाउने अभियानमा नमूना जोडी

जगतिपुरमा वालविवाहविरुद्ध जनचेतना फैलाउँदै हिँडेका जगतिपुर र भुरका नमुना जोडीहरु दायावाट क्रमशः रुपा आचार्य र चित्रप्रसाद आचार्य तथा धनवहादुर विक र जयन्ती सुनार ।

जाजरकोट–भेरीमालिका नगरपालिका ११ जगतिपुरका १५ वर्षीया प्रेम  भारती र सोही ठाउँकी १६ वर्षीया सीता रेग्मी  मंसिरको १० गते  विवाह गर्न भागेर भारतीको घरमा गए।  विवाह  गरेर कहिले पनि नछुट्टिने  कसम खान कस्सिएका उनीहरु अहिले  विवाहकालागि  उमेर नपुगेको  भन्दै  ४ वर्षका लागि  एकअर्काबाट छुट्टिएर  आ–आफनै घरमा  बसेका छन्।

४ वर्षपछि विवाह गरेर सँगै  बस्ने भन्दै  उनीहरु आफनो पढाइलाई निरन्तरता दिइरहेका छन्।  विवाहका लागि उमेरै नपुगेका उनीहरु  आफै समझदार बनेर  ४ वर्षका लागि छुट्टिएर बस्न थालेका भने होइनन् ।
 शिवशंकर माद्यामिक विद्यालयमा ८ कक्षामा पढ्दै गरेका ती जोडीलाई ४ वर्षका लागि छुट्टिएर बस्न सक्ने बनाएका हुन जगतिपुरका नमुना जोडी चित्र आयार्य र रुपा आचार्यले।

विद्यालयमा पढ्दा पढ्दै सानै उमेरमा विहे  गर्न कस्सिएका उनीहरुलाई बालविवाहको वेफाइदा  र समस्याका बारेमा  आचार्य दम्पतीको नमुना जोडीले गतिलो परामर्श दिएपछि  उनीहरु उमेर नपुगे म्म छुट्टिएर बस्न राजी भएका हुन्।  प्रजनन् अधिकार मन्चमा आवद्ध महिलाहरु, नमुना जोडी र  स्थानीय प्रहरीको  सक्रियतामा  रेग्मी र भारतीबीचको  वालविवाह रोकिएको  हो।  

‘बालविवाह गर्दा  जीवनमा धेरै वेफाइदा हुने मात्र नभइ जीवन नै बर्वादा पनि हुन सक्ने रहेछ,’ वालविवाह गर्न कस्सिएका प्रेम भारतीले भने। ‘त्यस्तै आफनै जीवनका लागि  हो  उमेर पुग्ने बेला ४ वर्ष त के ८ वर्ष पनि पर्खन तयार छु,’ प्रेमकी हुनेवाली दुलही  सीता रेग्मीले भनिन्।   रेग्मी र भारती दुवै जनाले अन्जानमै  सानै उमेरमा विहे गर्न कस्सिएर गल्ती गर्न लागेकोमा पछुतो  लागेको  बताए।  

आफनो जोडीको  उचित परामर्शपछि  भारती  र रेग्मीको जोडी ४ वर्ष आफनै घरमा बसेर पढ्न र  पर्खन तयार  भएको  नमुना जोडीकी  रुपा आचार्यले बताइन्।
उनले  आफूहरुले  निरन्तर उनीहरुलाइ भेट्ने र परामर्श दिने गरेको  बताइन्।  महिलाका पाठेघर खस्ने समस्या, सुरक्षित रुपमा सुत्केरी नहुँदा आइपर्ने  समस्याका बारेमा गाउँमा  महिलाहरुलाई परामर्श गर्नुका साथै वालविवाह रोक्ने  बारेमा  जनचेतना फैलाउँदै आफूहरु हिडिँरहेको  बताइन्।

अहिले जिल्लामा  विवाहित जोडी मध्य ७० प्रतिशत वालविवाह गर्नेहरु रहेको महिला तथा बालवालिका कार्यालयले जनाएको छ।  बालविवाहकै कारण  जिल्लामा पाठेघर खस्ने समस्या  भयावह बन्दै गएको  कार्यालयकी निमीत्त प्रमुख सकुन्तला आचार्यले बताइन्।

जनचेतनाको अभाव र  प्रविधिको गलत प्रयोगका कारण  जिल्लामा यो समस्या बढ्दो  रहेको  वातावरणीय कृषि तथा  विकास केन्द्र केडका संयोजक रामविक्रम शाहले बताए।

उनले आफनो संस्थाले  पाठेघर खस्ने समस्यावाट पीडित महिलाहरुको पहिचान गर्ने काम गरिरहेको  भन्दै  यसको मुख्य कारणको रुपमा बालविवाह र  सानो उमेरमा सुत्केरी हुनु नै भएको  बताए।
 उनले  जिल्लामा  वालविवाह र कम  उमेरमा हुने  सुत्केरीका कारण  जिल्लाका हजारौं महिलारु  पाठेघर  खस्ने समस्यावाट  नराम्रोसँग पीडित रहेको  बताए।
 

प्रकाशित: २५ मंसिर २०७३ ०४:४९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App