४ वैशाख २०८१ मंगलबार
फोटो फिचर

आहा ! लटरम्मै सुन्तला

पाँचथर– पौवासारतापको वियजटार भन्ने ठाँउमा फलेको सुन्तला देख्दा त्यहाँ पुग्नेहरु दङ्ग पर्छन् । यहाँ घरैपिच्छे बोटमा लटरम्मै सुन्तला फलेका छन्। बोटले नै थाम्न नसक्ने गरी सुन्तला फलेपछि यहाँका कृषकहरुले टेको दिएर अड्याएका छन्।

फराकिला पाटाहरुमा लगाइएका सुन्तला पहेलपुर भएर पाक्न थालेका छन्। घरैपिच्छे लगाइएका बोटमा सुन्तला  पाक्ने बेला आर्कषक देखिएको छ। पहेंलो सुन्तलामा कृषकहरुले आम्दानीको मिठो सपना साचेका छन्। आँगनकै डिलसम्म रोपिएका होचा तथा अग्ला बोटमा लोभलाग्दा सुन्तलाका दाना पहेंला बनिरहेका छन्। विगत केहि वर्षसम्म कम फसल लागेको सुन्तला यो पल्ट मनग्य फलेको कृषकहरु बताउँछन्। सुन्तलाको फल थेग्न नसकेर आगा नुहिएका छन्। बासको टेको लगाइएको छ। बोटमा पातभन्दा धेरै सुन्तला फलेका छन्।

स्थानिय शान्तिराम घिमिरेका अनुसार विगतमा भन्दा यो वर्ष सुन्तला राम्रो फलेको छ। यो पल्ट कलमी तथा विजु विरुवाबाट रोपिएको सुन्तला मनग्य फलेको उनले बताए। फूल फूल्ने समयमा असिना नपरेको तथा राम्रो मौसम भएकाले सुन्तलाले राम्रो फसल दिएको हुन सक्ने उनको भनाई छ। सुन्तला किन्ने व्यपारीको ओइरो छ। घरमै व्यापारी आउन थालेका छन्। अहिले प्रतिकेजी ६० रुपैयाँको दरले सुन्तला बिक्री हुन्छ।

यहाँमात्र होइन, जिल्लाका विभिन्न सुन्तलाको खेती भएका ठाँउमा उत्पादन वृद्धि भएको कृषकहरुले बताएका छन्। जिल्लाको कुरुम्बामा सबैभन्दा धेरै सुन्तला फल्छ। यो पल्ट कुरुम्बामा हालसम्मकै सबैभन्दा बढी सुन्तला फलेको कृषकहरु बताउँछन्।
जिल्ला कृषि विकास कार्यालय पाँचथरका अनुसार यो वर्ष जिल्लामा सुन्तलाको उत्पादनमा वृद्धि भएको छ। मौसमले साथ दिएकाले उत्पादनमा वृद्धि भएको अनुमान छ। कार्यालयका वालीसंक्षरण अधिकृत सागर विष्टका अनुसार यो वर्ष ९ हजार ४ सय ४१ मेक्ट्रिटन सुन्तला जिल्लामा उत्पादन भएको छ। अघिल्लो वर्षको भन्दा यो एक हजार पाँच सय ३० मेक्ट्रिन धेरै हो।

जिल्लामा ७ सय ३० हेक्टर क्षेत्रफलमा सुन्तला खेती हुने कार्यालयले जनाएको छ। जिल्लाका कुरुम्बा, लिम्बा, रानीगाँउ, आङसराङ, पौवासारताप, नागि, फिदिमलगायतका ठाँउमा सुन्तला खेती हुन्छ।

हेर्नुस् पाँचथरको पौवासारतापमा फलेको सुन्तला। तस्बिरहरुः गिरिराज बाँस्कोटा
 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App