coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

बंगलादेशमा हिन्दू पुजारीको हत्या

ढाका— बंगलादेशमा एक हिन्दू पूजारीको घाँटी रेटेर हत्या गरिएको छ। बिहान पूजाको तयारीमा रहेका श्यामानन्द दासलाई मोटरसाइकलमा आएका तीन व्यक्तिले धारिलो हतियार प्रहार गरी हत्या गरेका हुन्।

उनीहरुले धारिलो हतियारले कैयौं पटक घाँटीमा हानेका थिए। हत्यापछि उनीहरु भागेको प्रहरीले जनाएको छ। हत्याको कारण के हो भन्ने अझै खुल्न सकेको छैन। स्थानीय प्रहरी कार्यालय प्रमुख हसन हाफिजर रहमानले एएफपीसँग भने, 'स्थानीय इस्लामिक चरमपन्थीको हत्या गर्ने तरिकाले हत्या भएको छ।'

२०१३ फेब्रुअरीदेखि अहिलेसम्म बंगलादेशमा ४० भन्दा बढीको हत्या भएको छ। यी हत्याका पछाडि इस्लामिक कट्टरपन्थीको भूमिका रहेको विश्वास गरिन्छ। उदारबादी ब्लगर तथा धार्मिक अल्पसंख्यकलाई बंगलादेशमा हत्या गरिएको छ। यस्तै एक घटनामा गत वर्ष ७० वर्षका हिन्दू पूजारीको हत्या गरिएको थियो। किसानले उनको शवलाई धानबारीमा भेटेका थिए।

सरकारले मुस्लिम कट्टरपन्थीविरुद्ध अभियान सुरु गरिएको जनाएको छ। हजारौं पक्राउ परेको उल्लेख गरेको छ। बंगलादेशमा भएका केही हत्याको जिम्मेवारी अन्तरार्ष्ट्रिय आतंकवादी संगठन इस्लामिक स्टेटले लिने गरेको छ। सरकाले भने बंगलादेशमा आइएसको अस्तित्व नरहेको बरु यस्ता घटनामा स्थानीय चरमपन्थी इस्लामिक समूह दोषी रहेको बताउँदै आएको छ।

प्रकाशित: १७ असार २०७३ ०८:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App