coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

सबिन लामाले ल्याए 'हामी एक हौं'

काठमाडौं- गायक सविन लामाले राष्ट्रभावले ओतप्रोत भएको गीत सार्वजनिक गरेका छन्। 'हामी एक हौं' बोलको गीतले भाषा, धर्म, संस्कार, संस्कृति र भूगोलका कारण विभाजित नेपालीलाई एक हुन बल थप्ने गायक लामाले बताए।

चन्द्र सूर्यमुनि रहेको सानो गाउँमा हामी नेपाली एक आपसमा अलग हुनुपर्ने कुनै कारण नभएको भन्दै गायक लामाले हिमाल, पहाड र तराई मा एउतै नारा लगाउनुपर्ने गीतमार्फत् जोड दिएका छन्।

उनले हामी नेपाली एक हुनुको विकल्प नभएको भन्दै आफ्नो देशलाई 'नेपाल' भनेर चिनाउन सबै एकजुट हुनुपर्ने बताए। 'एकै घरको सन्तान, एक आपसमा तेरो मेरो गर्नुपर्ने, आफ्नो र पराइ भन्नुपर्ने, कालो र गोरो, अग्लो र होचो धनी र गरिब भन्नुपर्ने कुनै कारण छैन,' गीतको भाव लामाले भने।

लामले सबैको रगतमा नेपाल दौडिरहेकाले एकआपसमा माय, प्रेम र सद्भाव राख्न आग्रह गरे। आफ्नै शब्द संगीत रहेको गीतको म्युजिक भिडियो पनि आफैँले निर्देशन गरेका छन्।

प्रकाशित: १ पुस २०७३ ०७:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App