१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

कसजूका कथा सार्वजनिक

काठमाडौं–वरिष्ठ बाल साहित्यकार विनय कसजू र उनकी पत्नी गंगादेवी कसजूका दुई बाल पुस्तक संयुक्त रुपमा सार्वजनिक भएका छन् ।

गंगाको ‘बनभोजको फुल’ र विनयको ‘बाँसुरी बजाउने भूत’ नामका दुई बाल कथाका पुस्तकको सार्वजनिकीकरण बिहीबार सानेपास्थित कसजू निवासमै भएको थियो । विमोचनमा बाल साहित्यकार र पत्रकारहरुको उपस्थिती थियो । पुस्तकलाई लेखक दम्पति, बाल इतिहासकार प्रमोद प्रधान, बाल साहित्यकार विजयराज आचार्य, लाइब्रेरियन इन्दिरा दली र पत्रकाररुले संयुक्त विमोचन गरेका थिए ।

यसअघि कहिल्यै बाल पुस्तक विमोचन नगराएका विनयको बाँसुरी बजाउने भूत ४१ औं बाल पुस्तक हो भने बनभोजको फुल गंगाको पहिलो बाल कथा संग्रह हो । कार्यक्रममा बाल इतिहासकार प्रमोद प्रधानले विनय र गंगाका कथाहरुबारे बोलेका थिए ।
विनयका कथाहरु आधुनिक जीवनशैलीलाई समाएर लेखिएका र गंगाका कथाहरु बाल मनोविज्ञान र गतिविधिमा आधारित रहेर लेखिएको प्रधानले बताए । जम्मा १०–१० कथा संगृहित दुबै पुस्तकलाई विवेक सिर्जनशील प्रकाशनले बजारमा ल्याएको हो ।

प्रकाशित: १ पुस २०७३ ०९:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App