१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

पुस ९ गते खुल्लामञ्चमा साङ्गीतिक कार्यक्रम हुने

काठमाडौं– नेत्रहीन युवा संघ नेपाल र मार्क ईन्टरटेनमेन्ट एण्ड इभेन्टस् प्रालीको संयुक्त आयोजनामा भूकम्प प्रभावित दृष्टिविहीन वालवालिकाको सहयोगार्थ पुस ९ गते साङ्गीतिक कार्यक्रम हुने भएको छ।

ख्यातिप्राप्त ब्याण्डका साथमा दृष्टिविहीन राष्ट्रिय कलाकारलगायत अन्य प्रस्तुति पनि हुने जानकारी दिएको छ। उक्त साङ्गीतिक कार्यक्रम खुल्लामञ्चमा हुने जानकारी आयोजकले दिएको छ।

शुक्रबार रिपाेर्टर्स क्लबमा बोल्दै संघका अध्यक्ष कलाधर भण्डारीले अपाङ्गता भएका व्यक्तिहरु त्यसमा पनि दृष्टिविहीन बालबालिकाहरु भूकम्पबाट बढी प्रभावित रहेको उल्लेख गर्दै भने, ‘दृष्टिविहीन बालबालिकाहरुलाई हालसम्म पनि भूकम्प पूर्वतयारी र कसरी आफूलाई सुरक्षित राख्ने भन्नेबारेमा पनि कुनै किसिमका तालिम तथा सिप पाएका छैनन्।’

अध्यक्ष भण्डारीका अनुसार उक्त कार्यक्रम दिउँसो ३ बजेदेखि सुरु हुनेछ। कार्यक्रममा देशकै ख्यातिप्राप्त ब्याण्ड १९७४ एडी, कुटुम्ब, क्रमशको प्रस्तुति रहने उनले जानकारी दिए ।

उनले आफूले टेकेर हिँड्ने सेता छडी नभएको, ब्रेल लिपिमा लेख्ने सामाग्री गुमाएका तथा भूकम्पमा कसरी सुरक्षित रहने भन्ने जानकारी नहुँदा पटक–पटक आउने पराकम्पनले उनीहरुको पीडा झनै बल्झाइरहेको बताए।

उनले यीनै भूकम्प प्रभावित दृष्टिविहीन बालबालिकाहरुको सहयोगका लागि दृष्टिविहीन युवाहरुद्वारा सञ्चालित नेत्रहीन युवा संघले आयोजना गरेको सांगीतिक कार्यक्रम हुन गइहेकोले यसलाई सबै क्षेत्रबाट सक्दो सहयोग गर्न अपिल गरे।  

कार्यक्रममा भूकम्प प्रभावित दृष्टिविहीनहरुले आफूहरुलाई भूकम्पको बेला के गर्नुपर्छ भनेर र कसरी सुरक्षित बस्ने भनेर कसैले पनि नसिकाएको गुनासो पोखे।

उनीहरुले भविष्यमा कुनै बेला आइहालेमा आफूहरु नै बढी जोखिममा रहेको चिन्ता व्यक्त गरे । साथै आफू भन्दा अझै जोखिममा रहेका यी वालवालिकाहरुको लागि सम्बन्धित निकायले ध्यान दिनुपर्ने उनीहरुको आग्रह थियो ।

प्रकाशित: १ पुस २०७३ १०:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App