५ वैशाख २०८१ बुधबार
अन्तर्राष्ट्रिय

बन्दुकधारीले कब्जामा लिएको क्याफे सेनाको नियन्त्रणमा

ढाका – सेनाले बन्दुकधारीको कब्जामा रहेको भनिएको ढाकाको  एक स्थानीय क्याफेलाई पूर्णरुपमा नियन्त्रण लिएको बताएको छ। उक्त कारबाहीमा ६ बन्दुकधारीहरु मरीएको र १४ जनाको सकुशल उद्धार गरिएको उनीहरुले बताएका छन्। तर बन्दक भनिएका अन्य मानिसको अवस्थाको बारेमा भने केही बताइएको छैन।
शुत्रबार राति देखि उग्रबादी समूहले स्थानीय होली आर्रस्टन बेकरी क्याफे आफ्नो नियन्त्रणमा लिई २० भन्दा बढी विदेशीहरुलाई कब्जामा लिएका थिए।
स्पेशल रेपिड एक्सन बटालियन कमान्डरका  बेनरजिर अहमदले कारबाही सकिएको बताएका छन्।
उक्त घटनाको प्रत्यक्षदर्शी फयाद मुनयमले आफुले क्याफेभित्र भारी गोलाबारीको अवाज सुनेको बताएका छन्। साथै उनले कारवाही १० मिनेटसम्म चलेको बताए।
इस्लामीक स्टेट आइएसएसआईले बंगलादेशमा आक्रमण गर्ने योजना अनुरुप उक्त उग्रबादी हमलाको   गरेको बताएको छ।

 

प्रकाशित: १८ असार २०७३ ०६:४८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App