coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

करिना कपुरलाई पुत्रलाभ

मुम्बई–बलिउड अभिनेत्री करिना कपुरलाई पुत्रलाभ भएको छ। मुम्बईको ब्रिच क्याण्डी अस्पतालमा मंगलबार करिनाले पुत्रलाई जन्म दिएकी भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। करिनालाई मंगलबार विहान स्थानीय समयअनुसार साँढे सात बजे पुत्रलाभ भएको हो।

अस्पतालका अनुसार अहिले आमा र छोरा दुवैको स्वास्थ्य सामान्य रहेको छ। अस्पतालमा करिनाका पति सैफ अली खान, शर्मिला  टैगोर, करिश्मा कपुरसहित दुवै परिवारका सबैजसो सदस्यको उपस्थिति थियो। डाक्टरले करिनालाई २० डिसेम्बरको मिति दिएका थिए।

करिना आमा बनेको समाचार सार्वजनिक हुने वित्तिकै करिनालाई बधाइ दिनेको ओइरो लागेको सचारमाधयमले उल्लेख गरेका छन्। सबैभन्दा पहिला करण जौहरले ट्विटमार्फत करिनालाई बधाइ दिएका थिए। ‘बेबोलाई पुत्रलाभ भएको छ, म धेरै खुशी छु,’ उनले ट्विट गरेका छन्।

प्रकाशित: ५ पुस २०७३ ०६:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App