बन्ने भयो नेपालकै पहिलो नागढुङ्गा–नौविसे सुरुङमार्ग

मङ्गलबार, ०५ पुष २०७३, २० : ३३ सागर घिमिरे  | @sagarghi

काठमाडौं– नागढुङ्गा–नौबिसे साढे २ किलोमिटर सुरुङ मार्ग बन्ने निश्चत भएको छ। जापान सरकारको करिब १५ अर्ब ३३ करोड रुपैयाँ ऋण सहयोगमा उक्त परियोजना निर्माण हुने लागेको हो। नेपाल र जापान सरकारबीच बिहीबार उक्त सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर हुने भएपछि सुरुङ निर्माण हुने भएको हो। परियोजनाको कुल लागत २० अर्ब ४० करोड रुपैयाँ हुने अनुमान गरिएको छ।

परियोजनाअन्तर्गत सुरुङको सिस्नेखोलातर्फ विश्राम कक्ष, रेष्टुरेन्ट, पसलहरु, पार्किङ, सुरुङ सञ्चालन कार्यालयलगायतका पूर्वाधारसमेत निर्माण गरिने जनाइएको छ।

जापान सरकारको अफिसियल डेभलपमेन्ट असिस्टेन्स(ओडिए)अन्तर्गत प्राप्त हुने ऋणको ब्याजदर ०.०१ प्रतिशत रहने छ। ऋण भुक्तान गर्ने अवधि ४० वर्षको रहने छ। धादिङको सिस्ने खोलादेखि काठमाडौंको बस्नेतछापसम्म दुई लेनको टनेल निर्माण हुने बताइएको छ।
दवैतिर उक्त टनेललाई जोड्न कुल २.६ किलोमिटरको सडक, २ ओटा पुल उक्त परियोजना अन्तर्गत निर्माण गर्नु पर्नेछ।

सुरुङमार्गको बाहिरी नक्सा

यो परियोजनाअन्तर्गत सुरुङको सिस्नेखोलातर्फ विश्राम कक्ष, रेष्टुरेन्ट, पसलहरु, पार्किङ, सुरुङ सञ्चालन कार्यालयलगायतका पूर्वाधारसमेत निर्माण गरिने जनाइएको छ।

सुरुङलाई सुरक्षित बनाउन बत्ति, आकस्मिक पार्किङ, लाउड स्पिकर, सीसीटीभी क्यामेरा, बाहिर निस्कने मार्ग, पर्याप्ट अक्सिजनका लागि भेन्ट्रिलेशनलगायतका व्यवस्था गरिने जनाइएको छ।

सञ्चालन मोडालिटीका बारेमा हालसम्म टुङ्गो नलागेको भए पनि २०१५ मा भएको प्रारम्भिक सर्भेले साना गाडिका लागि रु. २५ र ठूला रु. ३५ सम्म शुल्क लिन सकिने सुझाव दिएको थियो। यस्तो शुल्क लागू गरिए सुरुङ मर्मत तथा सञ्चालनमा सहयोग पुग्ने उक्त रिपोर्टले सुझाएको थियो। सर्भेमा ९० प्रतिशत कार प्रयोगकर्ताले उनीहरु त्यस्तो शुल्क तिर्न इच्छुक देखाएका जनाइएको छ।










यसमा तपाईको मत

Loading...

अन्य समाचार

‘द डभ साइमन’ फिल्म कार्यशाला सुरु

‘द डभ साइमन’ फिल्म कार्यशाला सुरु

हलिउड फिल्म विशेषज्ञ डभ साइमनको ‘द डभ साइमन’ नामक दुई दिने फिल्म स्कुल राजधानीमा सुरु भएको छ। फिल्म निर्देशन, लेखन,...

आमासँगै रोए बद्री

आमासँगै रोए बद्री

समान्यतयाः यस्तो दृष्य दुर्लभ हुन्छ, जहाँ गायक र दर्शक सँगसँगै रोएका हुन्छन्। स्वर र शब्दको जादुमय शक्तिले जब मान्छेलाई रुन...

हामी सजाय भोग्न तयार छौँ :  दीपक-दीपा

हामी सजाय भोग्न तयार छौँ :  दीपक-दीपा

आफैंमाथि छानबिन हुनुपर्ने माग गर्दै कलाकार दीपकराज गिरी र दीपाश्री निरौलासहित फिल्म 'छक्का पञ्जा' निर्माण समूहले गौशालाको महानगरीय प्रहरी वृत्तमा...

थिएटर मलमा 'बेड नम्बर ९९'

थिएटर मलमा 'बेड नम्बर ९९'

सुन्धारास्थित थिएटर मलमा शुक्रबारदेखि नाटक 'बेड नम्बर ९९' मञ्चन भइरहेको छ। कथाकार महेशविक्रम शाहको कथालाई निर्देशक घनश्याम श्रेष्ठले नाटकीकरण गरेका ...