५ वैशाख २०८१ बुधबार
राजनीति

राष्ट्र बचाउन सबै नेपाली जाग्नै पर्ने भाेः पूर्वराजा ज्ञानेन्द्र

फाइल फाेटाे

काठमाडौंं– पूर्वराजा ज्ञानेन्द्र शाहले मुलुकलाई अस्थिरता र अराजकताको आगोले जलाइ रहेको भन्दै राष्ट्रलाई कमजोर पार्ने र  राष्ट्रिय गौरव भेट्ने कार्य असैह्य भएको बताएका छन्।

बुधबार साँझ एक विज्ञप्ति जारी गरी पूर्व राजा शाहले  नेपालीबीच सामाजिक सद्भाव मेट्ने, तराई, पहाड र हिमालमाझको ऐक्य भाव तोड्ने भगीरथ प्रयत्न भइरहेको भन्दै ती कार्य क्रान्तिकारी, परिवर्तनकारी वलिदानी आदि शब्द भावको दुरुपयोग गर्दै राष्ट्रलाई कमजोर पार्न प्रयोग रिएको उल्लेख गरेका छन्।

‘नेपाली मन मस्तिष्कमा देशभक्तिको भावना ढलेको छैन, सबै नेपालीले राष्ट्र बचाउन फेरि एकपटक इतिहासले सुम्पिएको गहन जिम्मेवारी पूरा गर्न र देशको अक्षत अस्तिस्व आफ्ना सन्ततीलाई सुम्पन प्रमुख र प्रखर रुपले जाग्नै परेको र लाग्नै परेको छ।’

यसअघि कुनै चाड विशेषका बेलामा मात्र वक्तव्य निकाल्ने पूर्व राजाले विना कुनै अवसरमा विज्ञप्ति निकालेका हुन्।

‘निषेधको राजनीति र प्रतिशोधनको मानसिकताबाट ग्रसित राष्ट्रिय आधारहरु किमार्थ बलिया हुन सक्दैनन्,’ विज्ञप्तिमा भनिएको छ, ‘इतिहास कलंकित गर्दै निश्चित स्वार्थ पूरा गर्न गरिएका कार्यहरु कदापि प्रशंसित हुन सक्दैनन्। माटो र मुटुसँग जोडिएको देशभक्तिलाई लाञ्छित गरेर आधुनिकताको दुहाइ दिएरमात्र कथित अग्रगमनको यात्राले गति लिन सक्दैन।’

नेपालको स्थायी सत्ता  भनेकै राष्ट्र र राष्ट्रवासी भएको उल्लेख गर्दै विज्ञप्तिमा यसलाई सवल पार्ने भाषा, धर्म, संस्कृति, इतिहास र त्यसले बोकेको आस्था र विश्वासलाई त्यसको बलियो जग भएको उल्लेख छ।

जनताका आस्थाहरु नढलेको उल्लेख गर्दै विज्ञप्तिमा पूर्व राजाले  उल्लेख गरेका छन्, ‘नेपाली मन मस्तिष्कमा देशभक्तिको भावना ढलेको छैन, सबै नेपालीले राष्ट्र बचाउन फेरि एकपटक इतिहासले सुम्पिएको गहन जिम्मेवारी पूरा गर्न र देशको अक्षत अस्तिस्व आफ्ना सन्ततीलाई सुम्पन प्रमुख र प्रखर रुपले जाग्नै परेको र लाग्नै परेको छ।’

 

प्रकाशित: ६ पुस २०७३ १४:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App