coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

कोकोले जिते नेफ्टा अवार्ड ? (फोटो फिचर)

युएई – पचास बर्ष अघि बनेको पहिलो नेपाली चलचित्र आमाले नेफ्टा स्वार्णीम  अवार्ड प्राप्त गरेको छ। शुक्रबार नेपाल चलचित्र प्राविधिक संघ (नेफ्टा)ले युएईमा आयोजना गरेको नवौं नेफ्टा अवार्डमा  पहिलो नेपाली कथानक चलचित्र आमामा अभिनय गर्ने तीन आमाहरुलाई नेफ्टा स्वार्णीम अवार्डले सम्मान गरेको हो। आमामा अभिनय गरेको पचास बर्ष पछि सम्म पनि चलचित्र क्षेत्रलाई महत्वपूर्ण योगदान पुर्‍याउँदै आएका कलाकारहरु भुवन चन्द थापा, चैत्यदेबी सिंह र बसुन्धरा भुसालले नेफ्टा स्वार्णीम अवार्ड सम्मान प्राप्त गरेका हुन।

नेफ्टा अवार्डमा  दयाहाङ राईले उत्कृट नायकको अवार्ड हात पारेका छन् भने नम्रता श्रेष्ठले उत्कृष्ट नायिकाको अवार्ड जितेकी छन्।

त्यस्तै चलचित्र पशुपतिप्रसादले वर्षको उत्कृष्ट फिल्मको अवार्ड जितेको छ।

३१ विधामा आधारीत  नेफ्टा अवार्डमा कबड्डी कबड्डीबाट राईले उत्कृट नायकको तथा नम्रताले क्यासिकबाट उत्कृट नायिकाको अवार्ड हात पारेका हुन्।  

पशुपतिप्रसादले वर्षको उत्कृष्ट फिल्मको अवार्ड तथा उत्कृष्ट संवाद र उत्कृष्ट सहअभिनेताको अवार्ड हात पारेको छ। 

कार्यक्रममा विगत ३६ वर्षदेखि नेपाली कलाकारीता क्षेत्रमा पर्दा बाहिर बसेर नेपाली कलाकारहरुलाई खाना बनाउने कुल बहादुर महत  जेठा दाई (भान्छा) र स्थल सहयोगी आनन्द बहादुर मगर (नन्दु)  दाईलाई नगद रु २५ / २५ हजार सहित लाइभ टाइम अचिभमेन्टको अवार्डले सम्मान गरिएको थियो। 

 त्यस्तै भूकम्प पछि राष्ट निर्माणमा ठूलो योगदान पुर्याएकोमा सिताराम कट्टेल  (धुर्मुस) कुन्जना घिमिरे (सुन्तलि) लाई पृथक योगदान अवार्डले सम्मान गरेको छ। छक्का पन्जाको सफल निर्देशक दिपाश्री निरौलालाई प्रोत्साहन सम्मान गरेको छ भने  शान्ति सुरक्षामा महत्वपुर्ण योगदान पुर्याउने नेपाल प्रहरीका डीआईजी नवराज सिलवाललाई नेफ्टाले सम्मान गरेको छ।

कार्यक्रममा महानायक राजेश हमाले नायिका मेलिना जैसी संग बाझो खेतमा, रातो टिका निधारमा लगाएताका गितहरुमा नृत्य गरेका थिए भने करिस्मा मानन्धर, पुजा शर्मा, शाह, शंकर विसि लगाएतका कलाकारले अभिनय गरेका थिए।

नेफ्टा अवार्डका विजेताहरु:

उत्कृष्ट नायकः दयाहाङ राई- कबड्डि कबड्डी,

उत्कृष्ट नायिकः नम्रता क्षेष्ठ- क्लासिक, 

उत्कृष्ट चलचित्रः पशुपतिप्रसाद, 

उत्कृष्ट निर्देशकः उज्वल घिमिरे- वडा नम्बर ६,

उत्कृष्ट कथाः रामबाबु गुरुङ, उपेन्द्र सुब्बा-कबड्डी कबड्डी,

उत्कृष्ट पटकथाः सुवर्ण थापा-फन्को,

उत्कृष्ट संवादः खगेन्द्र लामिछाने-पशुपति प्रसाद, 

उत्कृष्ट श्रृंगार/केश विन्यासः दीपु पौडेल-को आफ्नो, 

उत्कृष्ट कस्ट्युम डिजाइनरः युबी थापा-प्रेमगीत, 

उत्कृष्ट ध्वनी मिश्रणः उत्तम न्यौपाने-धौली, 

उत्कृष्ट कला निर्देशकः पासाङ टी शेर्पा-वडा नम्बर ६, 

उत्कृष्ट द्धन्द्ध निर्देशकः हिमाल केसी-भैरव, 

उत्कृष्ट पाश्र्वध्वनीः सुजिल कर्माचार्य-फन्को, 

उत्कृष्ट हाँस्य अभिनेताः विल्सनविक्रम राई-अधकट्टी, 

उत्कृष्ट खल नायकः बिपिन कार्की-पशुपति प्रसाद, 

उत्कृष्ट सह—अभिनेताः प्रकाश घिमिरे-पशुपति प्रसाद, 

उत्कृष्ट सह अभिनेत्रीः निस्मा घिमिरे-जन्मभूमि, 

उत्कृष्ट नव नायकः पल शाह-नाइँ नभन्नू ल ४,

उत्कृष्ट नवनायिकाः साम्राज्ञी राज्यलक्ष्मी शाह-ड्रीम्स, 

उत्कृष्ट गीतकारः कृष्णहरि बराल-नाइँ नभन्नू ल ४, मलाई माग्ने बनायौ, 

उत्कृष्ट संगीतकारः अर्जुन पोखरेल, प्रेमगीत, म यस्तो गीत गाउँछु,

उत्कृष्ट गायकः सुगम पोखरेल, प्रेमगीत , म यस्तो गीत गाउँछु, 

उत्कृष्ट गायिकाः अञ्जु पन्त-प्रेमगीत(म यस्तो गीत गाउँछु), 

उत्कृष्ट संगीत संयोजनः राजन इशान- वडा नम्बर ६ सुर्के थैली, 

उत्कृष्ट नृत्य निर्देशकः रेनशा बान्तवा राई- प्रेमगीत(म यस्तो गीत गाउँछु), 

उत्कृष्ट छायांकारः पुरुषोत्तम प्रधान-नाइँ नभन्नू ल ४, 

उत्कृष्ट सम्पादकः बिपिन मल्ल-फन्को, 

उत्कृष्ट जनजाति चलचित्रः तिमी नभए- हंग्री आइ फिल्मस, 

पपुलर चलचित्रः ड्रीम्स, 

पपुलर नायकः अनमोल केसी-ड्रीम्स, 

पपुलर नायिकाः पूजा शर्मा-प्रेमगीत

 

 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App