६ वैशाख २०८१ बिहीबार
खेल

ब्याडमिन्टनमा सेनालाई दुई स्वर्ण

झापा- सातौं राष्ट्रिय खेलकुदअन्तर्गत आइतबार ब्याडमिन्टनमा विभागीय टोली नेपाल आर्मीले टिम इभेन्ट्सका दुई स्वर्ण जितेको छ। का“कडभिट्टामा भएको खेलमा आर्मीले एपिएफलाई ३–० ले हराएको हो।

आर्मीका रत्नजीत तामाङले एपिएफका साजन के ताम्राकारलाई, आर्मीकै नवीन श्रेष्ठले एपिएफका विजीत थापामगरलाई र आर्मीकै दिपेश धामीले एपिएफका सुदिप सेढाईंलाई जिते। महिलातर्फ पनि आर्मीले एपिएफलाई २–० ले पराजित गर्‍यो। आर्मीकी अमिता गिरीले एपिएफकी शोभा गौचनलाई र नङसलदेवी तामाङले एपिएफकै शिक्षा श्रेष्ठलाई पराजित गरे।

पुरुष एकलतर्फ मध्यमाञ्चलका विलाल वरिसले सुदूरपश्चिमाञ्चलका देउराज रानालाई, पश्चिमाञ्चलका विधान अधिकारीले पूर्वाञ्चलका विशाल मोक्तानलाई, सुदूरपश्चिमाञ्चलका सुनिल जोशीले मध्यमाञ्चलका मनिषविक्रम सिंहलाई पाखा लगाए। पूर्वाञ्चलका सुवास तामाङले मध्यमाञ्चलका प्रदीप महर्जनलाई, पश्चिमाञ्चलका विवेक जिसीले आर्मीका सुरज महर्जनलाई, एपिएफका सुमन लिम्बूले मध्यमाञ्चलका शिव थापालाई र आर्मीका रुकेश महर्जनले मध्यमाञ्चलका हरि गोतामेलाई पराजित गरे। पश्चिमाञ्चलका भूगोल गुरुङले मध्यमाञ्चलका प्रविन के लिङथेकलाई, पूर्वाञ्चलका प्रकाश लिम्बूले नेपाल पुलिसका सन्तोष कट्वाललाई, पूर्वाञ्चलका सुजन श्रेष्ठले पुलिसका गौरव दाहाललाई र एपिएफका विजीत थापामगरले पश्चिमाञ्चलका अतित गुरुङलाई हराए। आर्मीका नवीन श्रेष्ठले पुलिसका सूर्य श्रेष्ठलाई, मध्यपश्चिमाञ्चलका रियाल अन्सारीले एपिएफका निराजन देवकोटालाई, एपिएफका इन्द्र महतोले सुदूरपश्चिमाञ्चलका जेबी साउदलाई र पूर्वाञ्चलका विवेक श्रेष्ठले मध्यमाञ्चलका तीर्थ के मल्ललाई जिते। मध्यमाञ्चलका दिपेश शाक्यले पूर्वाञ्चलका प्रनिश ठकुरीलाई, सुदूरपश्चिमाञ्चलका गौतम कठायतले एपिएफका जोसेफ अधिकारीलाई, पूर्वाञ्चलका जीवन आचार्यले सुदूरपश्चिमाञ्चलका चिरन विष्टलाई, मध्यमाञ्चलका नीरविक्रम देवकोटाले आर्मीका प्रफुल महर्जनलाई, पश्चिमाञ्चलका दिलेन्द्र पुनले मध्यमाञ्चलका अभिशेष बोसलाई र मध्यपश्चिमाञ्चलका सहारोज अन्सारीले पुलिसका हिरा राईलाई पराजित गरे। सुदूरपश्चिमाञ्चलका प्रिन्स दाहालले पुलिसका अनिष श्रेष्ठलाई, पाखा लगाए।

महिला एकलतर्फ मध्यपश्चिमाञ्चलकी सम्झना शर्माले मध्यमाञ्चलकी शोफी खत्रीलाई, पूर्वाञ्चलकी सुजिता राईले पश्चिमाञ्चलकी अलिशा थापालाई, आर्मीकी मेघा चोनालले पश्चिमाञ्चलकी सुष्मा श्रेष्ठलाई र सुदूरपश्चिमाञ्चलकी गंगा विष्टले मध्यपश्चिमाञ्चलकी कमला ओलीलाई सहजै पराजित गरे।

प्रकाशित: ११ पुस २०७३ ०४:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App