coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
कला

इरफानको आलोचना

मुम्बई-भारतीय अभिनेता इरफान खानले इस्लाम धर्मका बारेमा दिएको अभिव्यक्तीको चर्को आलोचना भएको छ।
गत बिहीबार खानले इस्लाम धर्ममा दिइने जनावरको वलीको विषयमा अभिव्यक्ती दिएका थिए। उनले इस्लाम धर्ममा दिइने जनावरको वली आफुहरुले कुनै अर्थ नै नबुझिकन परम्परालाई निरन्तरता दिएको बताएका थिए।
उनले कुरबानीको अर्थ कुनै जनाबरको बली नभई आफुसंग भएको नजिकको चिज त्याग्नु भएको बताएका थिए।
मुस्लिम अगुवाहरुले भने उनी कलाकार भएको र उनले आफ्नो करियरमा ध्यान दिदै धर्मका विरुद्ध कुनै अभिव्यत्ती नदिन चेतावनी दिएका छन्। मुस्लिम अगुवा क्वाजी खालीद् उस्मानले भने खानलाई धर्मको कुनै अर्थ थहा नभएको भन्दै उनी चुप लागेर बस्नुपर्ने बताएका छन्।

 

 

प्रकाशित: १९ असार २०७३ ०७:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App