coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
प्रवास

'अफ्रिका नेपालीका लागि रोजगारी र व्यवसायको नयाँ गन्तव्य'

गैरअावासीय नेपाली संघका उपाध्यक्ष कुमार पन्त अफ्रिका क्षेत्रीय बैठकको सत्रलाई तान्जानियाको दार ए सलाममा सम्बोधन गर्दै।

दार ए सलाम— पूर्वी तथा पश्चिम अफ्रिका मुलुकहरुमा हेर्ने गरी दूतावास खोल्न सरकारसँग आग्रह गर्दै गैर आवासीय नेपाली संघ(एनआरएनए)को दोस्रो अफ्रिका क्षेत्रीय बैठक तान्जानियाको दार ए सलाममा आइतबार सम्पन्न भएको छ।

पछिल्लो नेपाली बैदेशिक रोजगारी तथा व्यवसायमा आउने नेपालीको संख्या निरन्तर रुपमा बढ्दै गरेकाले दुवै क्षेत्रका एक एक वटा राजदूतावास आवश्यक भएको बैठकले ठहर गरेको छ। सात बुँदे दार ए सलाम घोषणा पत्र जारी गर्दै बैठक सम्पन्न भएको छ।

एनआरएनएका अफ्रिका क्षेत्रका संयोजक सुनिल कार्कीले काम र व्यवसायका लागि आउने नेपालीहरु संख्या पूर्वी तथा पश्चिम अफ्रिकी मुलुकहरुमा भएपनि राजदूतावास उत्तर र दक्षिण क्षेत्रमा भएकाले काम गर्न अफ्ठ्यारो भएको बताए।

'समस्या पर्‍यो भनेर मात्रै होइन। भविष्यमा यस ठूलो संभावना भएको क्षेत्र पनि हो। यहाँ नेपालीहरुको आउने क्रम पछिल्लो समयमा बढेको छ' कार्कीले भने, 'तर हाम्रो दुतावास भने उत्तर र दक्षिण क्षेत्रमा रहेको छ। यति ठूलो महादेशलाई समेट्न सक्दैन।'

५४ वटा देश रहेको अफ्रिकामा २ वटा दुतावास छन्। इजिप्टको कायरो र दक्षिण अफ्रिकाको प्रिटोरियामा दुतावास रहेको छन्। दक्षिण अफ्रिकाका देशलाई कायरो र पूर्वी अफ्रिकी मुलुकलाई प्रिटोरियाले हेर्दै आएको छ। कार्यक्रममा पछिल्लो समयमा रोजगारी र व्यवसायमा गरी करिव ५ हजार नेपाली अफ्रिका बसोबास गर्दै आएको जानकारी गराइएको थियो।

दार ए सलाम घोषणा पत्रमा रोजगारीका लागि अफ्रिका आउने नेपालीहरुका लागि श्रम स्वीकृति, राहदानी नवीकरण, अन्य काजगातको सिफारिसका सम्बन्धमा सरकारी प्रक्रिया झन्झटिलो तथा अफ्ठ्यारो रहेकाले त्यसलाई सहज र सुलभ बनाउन सरकारसँग माग गरेको छ।

बैठकमा सहभागी प्रतिनिधिहरुले वैदेशिक रोगजार विभागले धेरै झन्झट बनाएको कारण श्रम स्वीकृति नलिइ भारतबाट आउनु पर्ने बाध्यता रहेको गुनासो गरेका छन्। त्यसका कारण कुनै समस्या पर्दा सरकारी निकायबाट सहयोग पाउन अफ्ठ्यारो हुने गरेको बताए।

त्यसैगरी पछिल्लो समयमा अफ्रिका क्षेत्रमा मानव तस्करले नेपालीलाई अलपत्र पार्ने घटनाहरु बढेकाले त्यसका समाधानका लागि उचित कदम चल्न र आवश्यक संयन्त्र निर्माणका लागि सरकारसँग आग्रह गरेको छ।

घोषणा पत्रमा बैदेशिक रोजगारी तथा व्यवसायमा संलग्न भएर अफ्ठ्यारो परेका नेपाली र अलपत्र पर्ने नेपालीहरुको उद्दार तथा राहतका लागि स्थापना गरेको 'एनआरएए अफ्रिका आपत्कालीन राहत कोष'लाई वृद्धि गरि कम्तीमा १५ लाख रुपैया निर्णय गरेको छ। पहिलो क्षेत्रीय सम्मेलनले सो कोष स्थापना गरिएको थियो।

अफ्रिकाका विभिन्न मुलुकहरुले पर्यटन क्षेत्रमा प्राप्त गरेको अनुभव आदान प्रदान एनआरएनएको पर्यटन प्रवर्द्धन समिति र नेपाल सरकारलाई विशेष कदम चाल्न अनुरोध गर्ने समेत गरेको छ।

यसअघि बैठकमा दक्षिण अफ्रिका तथा तान्जानियाका लागि नेपाली राजदूत अमृतबहादुर राईले नेपाल र अफ्रिकी देशहरुको सम्बन्ध, आर्थित तथा सहकार्यको संभावनाको क्षेत्र, एनआरएनए जाम्बियाका अध्यक्ष विदुर खनालले पर्यटनको सहकार्य, अफ्रिकी कोषको विषयमा केन्याका अध्यक्ष आरसी बस्याल, मानव तस्करीको समस्या बारेमा युगाण्डाका अध्यक्ष रमेश कँडेल र एनआरएनए केन्द्रीय समन्वय परिषदका कोषाध्यक्ष हिक्मत थापाले अफ्रिकामा एनआरएनको बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए।

कार्यपत्रहरुमाथि एनआरएनका प्रमुख संरक्षक जीवा लामिछाने र पत्रकार मणि दाहालले टिप्पणी गरेका थिए।

क्षेत्रीय बैठकका तस्विरहरु

गैरअावासीय नेपाली संघका उपाध्यक्ष कुमार पन्त अफ्रिका क्षेत्रीय बैठकको सत्रलाई तान्जानियाको दार ए सलाममा सम्बोधन गर्दै।
गैरअावासीय नेपाली संघका उपाध्यक्ष कुमार पन्त अफ्रिका क्षेत्रीय बैठकको सत्रलाई तान्जानियाको दार ए सलाममा सम्बोधन गर्दै।
गैरअावासीय नेपाली संघका उपाध्यक्ष कुमार पन्त अफ्रिका क्षेत्रीय बैठकको सत्रलाई तान्जानियाको दार ए सलाममा सम्बोधन गर्दै।
गैरअावासीय नेपाली संघका उपाध्यक्ष कुमार पन्त अफ्रिका क्षेत्रीय बैठकको सत्रलाई तान्जानियाको दार ए सलाममा सम्बोधन गर्दै।
गैरअावासीय नेपाली संघका उपाध्यक्ष कुमार पन्त अफ्रिका क्षेत्रीय बैठकको सत्रलाई तान्जानियाको दार ए सलाममा सम्बोधन गर्दै।
गैरअावासीय नेपाली संघका उपाध्यक्ष कुमार पन्त अफ्रिका क्षेत्रीय बैठकको सत्रलाई तान्जानियाको दार ए सलाममा सम्बोधन गर्दै।
खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App