coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

आर्चरीमा कास्की अगाडि

उदयपुर- उदयपुरमा सम्पन्न राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आर्चरीमा कास्कीले ५ स्वर्ण, २ रजत र ३ कांस्य गरी १० पदकसहित बर्चस्व कायम गरेको छ।

३ स्वर्ण, ४ रजत र १ कांस्य गरी ८ पदकका साथ त्रिभुवन आर्मी क्लबले प्रतियोगितामा दोस्रो स्थान हात पारेको छ। १ स्वर्ण र १ कांस्य पदक जितेको स्वयम्भू आर्चरी क्लब तेस्रो स्थानमा रह्यो।

सोमबार रिकभ मेन टिमतर्फ कास्की जिल्ला आर्चरी एसोसिएसनले स्वर्ण पदक जित्दा हिमालयन आर्चरी क्लबले रजत पदकमा चित्त बुझायो। आर्मी क्लब कांस्य पदकमा सीमित बन्यो।

रिकभ मिक्स टिमतर्फ आर्मीका समिर थापा र कृष्णमाया स्याङताङको जोडीले स्वर्ण पदक जिते भने आर्मीकै ज्ञानु अवाले र मुकेश तामाङको जोडीले रजत पदक हात पारे। अन्नपूर्ण आर्चरी क्लबका दुर्गा बुर्जा र रस्मी दर्लामीको जोडीले कांस्य पदकमा चित्त बुझाउनु पर्‍यो।

रिकभ पुरुष ओपनतर्फ आर्मीका मुकेश तामाङले स्वर्ण जिते भने हिमालयन आर्चरीका प्रेमप्रसाद पुनले रजत र कास्कीका रोशन थापाले कांस्य पदक जिते। महिलातर्फ रिकभ खुलामा आर्मीकी ज्ञानले स्वर्ण पदक जितिन् भने आर्मीकै कृष्णमायाले रजत र मकवानपुरकी सुनिता मोक्तानले कांस्य पदक जिते।

स्ट्यान्डर्ड पुरुष टिमतर्फ स्वयम्भू आर्चरीलेे स्वर्ण, अन्नपूर्ण आर्चरीले रजत तथा कास्की आर्चरी एसोसिएसनले कांस्य पदक जितेका छन्। स्ट्यान्डर्ड मिक्स टिमतर्फ कास्कीका प्रेम थापा र रोजिना थापाको जोडीले स्वर्ण, आर्मीका खुमबहादुर कुमाल र मित्र राईको जोडीले रजत तथा अन्नपूर्ण आर्चरीका गीरबहादुर गुरुङ र अर्चना थापाको जोडीले कांस्य पदक हासिल गरेका छन्।

त्यसैगरी रिकभ स्ट्यान्डर्ड पुरुषमा कास्कीका प्रेम थापाले स्वर्ण, मनास्कीकै आकाश थापाले रजत तथा स्वयम्भू आर्चरी क्लबका वाङचु गुरुङले कांस्य पदक जितेका छन्। रिकभ स्ट्यान्डर्ड महिलामा पनि कास्कीकै रोजिना थापाले स्वर्ण, आर्मीकी पूजा थापाले रजत तथा कन्चनपुरकी लक्ष्मी थापाले कांस्य पदक प्राप्त गरेका छन्।

सोमबार सम्पन्न प्रतियोगिताको समापन समारोहमा युवा तथा खेलकुद मन्त्रालयका सचिव महेशप्रसाद दाहाल, नेपाल आर्चरी संघका केन्द्रीय अध्यक्ष दीपकराज गुरुङ, वरिष्ठ उपाध्यक्ष वसन्त थकाली, महासचिव रमेश सिवाकोटी, प्रतियोगिता निर्देशक योगेन्द्र शेरचन, खेल व्यवस्थापन समितिका अध्यक्ष किरण राईलगायतले विजेतालाई पुरस्कृत गरे।

प्रकाशित: १२ पुस २०७३ ०४:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App