७ वैशाख २०८१ शुक्रबार
समाज

६ बर्ष कैद सजायँ भएका फरार प्रतिवादी पक्राउ

पाँचथर- अदालतले सजायँको फसैला गरेपनि फरार रहेका प्रतिवादि खोज्ने कामलाई प्रहरीले तिव्रता दिएको छ। यहि क्रममा शरिर बन्दक तथा अपहरण मुद्दामा जिल्ला अदालत पाँचथरले दोषि ठहराएपनि फरार रहेका भारपा–७ का २३ बर्षिय सरोज तामाङलाई प्रहरीले पक्राउ गरेको हो।

२०६७ सलामा स्थानीय चुडामणि श्रेष्ठको अपहरण मुद्दामा तामाङलाई अदालतले २०७१ सालमा ६ बर्ष कैद र पच्चिस हजार जरिमानाको फैसला गरेको थियो। उनलाई मंगलवार दिउँसो भारपाबाटै पक्राउ गरीएको पाँचथरका प्रहरी प्रमुख डिएसपि नकुल पोखरेलले जानकारी दिए। उनका अनुसार तामाङलाई वुधवार जिल्ला अदालतमा पेश गरीने उनले जानकारी दिए । अपहरणमा संलग्न भएका सात जना मध्ये तामाङ फरार रहेका थिए।

प्रकाशित: १२ पुस २०७३ १२:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App