१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

तालिवानका नेताले दिए अमेरिकालाई चेतावनी

काबुल—अफगानिस्तानमा सशस्त्र विद्रोही गरिरहेका तालिवानहरुका नेताले अमेरिकालाई आफ्नो ‘पेसा’ रोक्न आग्रह गरेका छन्। तालिवानका नयाँ नेता हैबतुल्लाह अखुन्जादाले आफू सो संगठनको नेता चयन भएपछि पहिलो पटक अमेरिकालाई सो सम्बोधन गरेका हुन्।

उनले इदउल फितरको पूर्व सन्ध्यामा दिएको सन्देशमा भनेका छन्, 'अमेरिकाले अफगानिस्तानमा देखाएको पाखुराको बल तथा सैन्य बलको प्रयोगको कुनै अर्थ छैन त्यसलाई तुरुन्त रोके हुन्छ।'

अमेरिका र उसको गठबन्धनका पश्चिमा देशहरुका लागि भन्दै उनले दिएको भिडियो सन्देशमा अफगान जनता यस्ता कुनै पनि विदेशी सैन्य शक्तिसँग नडराउने र उनीहरुविरुद्धमा अन्तिम समयसम्म पनि लड्ने बताएका छन्।

उनले हाल अफगानिस्तानको शान्ति प्रक्रियाका लागि अमेरिकी र विदेशी सेनाले दिएको सुरक्षाको कामलाई उनीहरुको पेशा भनी नामाकरण गरेका छन्। उनले अफगानिस्तानका नागरिक विदेशीसँग नडराउने तर सहिद बन्नुपरे पनि तयार रहेका छन् भन्दै बन्दुकले नागरिक मारेर अमेरिकीहरु सफल नहुने पनि दाबी गरेका छन्।

'तिमीहरुले कुनै समूह वा संगठनसँगमात्र होइन कि सिंगो अफगानिस्तानसँग नै लडाईं गरिरहेका छौ तर पनि जित्नेवाला भने छैनौँ', उनले भनेका छन्। अफगानिस्तानको राजधानी काबुलमा कम्तिमा पनि ३२ जना प्रहरीको हत्या गरेको दुई दिनपछि उनको यो भनाई आएको हो।  एएफपी

प्रकाशित: १९ असार २०७३ १०:४५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App