१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

वरिष्ठ साहित्यकार कमलमणि दीक्षितको निधन

काठमाडौं- नेपाली भाषा -साहित्यसेवी कमलमणि दीक्षितको ८६ वर्षको उमेरमा निधन भएको छ।श्वासप्रश्वासको समस्याबाट पीडित उनको ललितपुरस्थित बीएन्डबी अस्पतालमा उपचारको क्रममा बिहान २:४५ बजे निधन भएको पारिवारिक स्रोतले जनाएका छन्। 

केही महिना यता दीक्षितको श्वास प्रश्वास प्रकृयामा समस्या देखिएको थियो। दीक्षितको सक्रियतामा नेपाली भाषा तथा साहित्यसँग सम्बन्धित सामग्रीहरूको अभिलेख राख्ने उद्देश्यका साथ २०१२ सालमा मदन पुरस्कार पुस्तकालय तथा मदन पुरस्कार गुठीको स्थापना भएको थियो।

गुठी मार्फत् नेपाली भाषामा प्रकाशित हुने उत्कृष्ट पुस्तकका निम्ति प्रदान गरिने मदन पुरस्कार (२०१२ सालदेखि) र नेपाली भाषाको श्री-वृद्धिका लागि योगदान वापत प्रदान गरिने जगदम्बा-श्री पुरस्कार (२०४५ सालदेखि) प्रदान गरिदै आएको छ।

यससँगै उनी मदन मेमोरियल स्कुल, साझा प्रकाशन, गोरखापत्र संस्थान, रोटरी क्लब, जनक-जानकी सभा, बीपी कोइराला संग्रहालय समिति, बीपी कोइराला नेपाल-भारत प्रतिष्ठान आदि जस्ता दर्जनौं भाषिक, साहित्यिक, सांस्कृतिक संस्थाहरूमा सक्रिय थिए।

फोक्सोको क्यान्सरबाट पीडित उनलाई गाह्रो भएपछि गत सोमबार अस्पताल लगिएको थियो। मदन पुरस्कार गुठीले शोक विज्ञप्ति जारी गर्दै उनको आज बिहान ७ बजे पशुपति आर्यघाटमा दाहसंस्कार गरिने जनाएको छ ।

१९८६ भदौ कुशे औंशीमा काठमाडौंको गैरीधारामा जन्मिएका उनी ललितपुरको पाटनढोकास्थित निवासमा बस्दै आएका थिए।

प्रकाशित: १४ पुस २०७३ ०२:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App