८ वैशाख २०८१ शनिबार
फोटो फिचर

त्रिविका ९ हजार ७ सय विद्यार्थी दीक्षित

काठमाडौं— त्रिभुवन विश्वविद्यालयको ४२ औं दीक्षान्त समारोह बिहीबार पुल्चोकस्थित इन्जिनियरिङ कलेजको खेल मैदानमा सम्पन्न भएको छ। समारोहमा प्रधानमन्त्री तथा विश्वविद्यालयका कूलपति पुष्पकमल दाहालले विभिन्न शंकामा उत्कृष्ट हुने विद्यार्थीलाई पदक तथा पुरस्कार प्रदान गरे।

त्रिविबाट २०७२ साल जेठ १८ देखि २०७३ असारभित्र स्नातक, स्नातकोत्तर, एमफिल तथा विद्यावारिधि उपाधि हासिल गर्नेहरुले बिहीबार दीक्षित भएका हुन्। उक्त अवधिमा दीक्षान्त लिन ८३ हजार ४ सय २५ विद्यार्थी सफल भएका थिए। ती मध्ये ९ हजार ७ सय ३४ जना बिहीबारको समारोहमा सहभागी भए।

समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री तथा कुलपति पुष्पकमल दाहालले त्रिविले व्यवसायिक विषय र प्रविधियुक्त शिक्षाको दायरालाई वृद्धि गर्नुपर्ने औंल्याए।

हेर्नुहोस् फोटो फिचर– तस्बिरहरूः केशव थाेकर
 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App