coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
प्रविधि

इन्टरनेटको लत छुटाउने एप

गाउँ, सहर जतासुकै इन्टरनेट हिजोआज सबैको आवश्यकताको विषय बन्न पुगेको छ। इन्टरनेटबिनाको जीवन हिजोआज कल्पनासमेत गर्न सकिन्न। यस्तो अवस्थामा इन्टरनेट एउटा लतसमेत बन्न पुगेको छ। यसमा सोसल मिडियाले हामीलाई झनै पागल बनाइदिएको छ।

प्रविधि बद्लिँदै जाँदा हाम्रो सोच्ने शैली पनि धेरै हदसम्म परिवर्तन हुने गर्छ। यसले हाम्रो मस्तिष्कलाई असर पनि पुर्‍याउँछ। धेरै अध्ययनले के पनि देखाएको छ भने धेरैभन्दा धेरै इन्टरनेटको प्रयोगले मानिसलाई अल्छी बनाउने गरेको छ। इन्टरनेट जानकारी हासिल गर्नका लागि सबैभन्दा सजिलो बाटो हो तर आवश्यकताभन्दा बढी प्रयोग जे पनि हानिकारक हुन्छ भन्ने बिर्सनु हुँदैन।

उसो भए हाम्रो इन्टरनेटप्रतिको लत कसरी सुधार्ने? गिजबोटका अनुसार यतिबेला हाम्रो लत सुधार्नका लागि केही मोबाइल एपहरुको सहयोग लिन सक्छौँ। तिनले हामीलाई यसबाट उम्काउन सहयोग गर्न सक्छन्। यो एप एन्ड्रोइड र एप्पलको आइओएस दुवै प्लेटफर्ममा चल्छ। आफूलाई कुन कुन एपको लत छ, त्यसलाई यो एपमा सूचीकृत गरे यसले ती एपलाई खोल्न प्रतिबन्ध लगाउँछ।

कुनै दिन काम हुँदा बिनाकारण ती एप चलाउने र अनावश्यक नोटिफिकेसनले तनाव बोकाउने हुँदा कुनै विशेष समयमा ती एप प्रतिबन्ध लगाउन यसले सहयोग गर्छ। यति मात्र होइन, यस एपले कति समय चलाउने र आफैँ बन्द गर्नेजस्ता सुविधा दिएको छ। आफूलाई जवाफ दिन मन नलागेका फोन कलहरुलाई आफैँ रेस्पोन्स गर्ने सुविधासमेत दिएकाले आफू फुर्सद भएका बेला जवाफ फर्काउन मिल्छ, यसका लागि तपाईंले फोन छुनु पनि पर्दैन।

यो एपले हामीलाई अनलाइन कामका कुरामा समेत सघाउँछ भने कति समय फोनमा बिताउनुभयो भनी बेलाबेलामा बताइदिन्छ। यसले तपाईंलाई आफू कत्तिको फोनको लती रहेछु भन्ने चाल पाउनु हुन्छ। यस्ता कुराको चाल पाएपछि आफैँ अनुशासित हुनुपर्ने रहेछ भन्ने चेत त अवश्य नै घुस्नेछ।

यसैगरी एप्पलको आइओएसको एप सेल्फ कन्ट्रोलमा पनि आफ्नो लतबाट चिन्तित प्रयोगकर्ताको आवश्यकता हेरी आफैँ एप ब्लक हुन्छ। प्रयोगकर्ताले निश्चित समयका लागि कुनै खास वेबसाइट र एप प्रयोग रोक्ने वा चलाउने कुरालाई समय मिलाउन सक्छन्।

प्रकाशित: १५ पुस २०७३ ०३:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App