७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

इराकमा भएको बम बिस्फोटमा कम्तीमा १९ जनाको मृत्यु

फाइल तस्बिर।

बग्दाद-इराकको बग्दादमा भएको बम विस्फोटनमा परी कम्तीमा १९ जनाको मृत्यु भएको छ ।

बग्दादको भित्र भागमा रहेको अति व्यस्त बजार क्षेत्रमा शनिबार दुई ओटा बम विस्फोट भएको सरकारी अधिकारीहरुले जनाएका छन् ।

घटनामा परी अन्य दर्जनौं घाइते भएका छन् । कम्तीमा पनि ३८ जना घाइते भएका समाचारहरुमा जनाइएको छ । घटनाका बारेमा थप अनुसन्धान भईरहेको प्रहरी अधिकारीहरुले जानकारी दिएका छन् । रासस-एएफपी

प्रकाशित: १६ पुस २०७३ ०७:४८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App