coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अखिलेशमाथिको कारवाही फिर्ता

लखनउ– समाजवादी पार्टीबाट निश्काषित  उत्तर प्रदेशका मुख्यमन्त्री अखिलेश यादवमाथिको कारवाही फिर्ता लिइएको छ।  उत्तर प्रदेश समाजवादी पार्टीका अध्यक्ष शिवपाल सिंह यादवले एक ट्विट गर्दै अखिलेशमाथिको कारवाही फिर्ता लिएको जनाएको भारतीय संचारमाध्यमले जनाएका छन्।

भारतीय समाचार संस्था पिटिआइका अनुसार शिवलाल यादवले आगामी विधानसभा निर्वाचनमा पार्टीको उम्मेदवारका विषयमा पुनर्विचार गर्ने गरी अखिलेश माथिको कारवाही फिर्ता लिइएको बताएका हुन्।
समाजवादी पार्टीमा आगामी निर्वाचनमा वितरण गर्ने टिकटका विषयलाई लिएर विवाद सुरु भएको थियो। सो विवादले उग्ररुप लिँदा शुक्रबार साँझ रामगोपाल यादव र अखिलेश यादवलाई ६ वर्षकालागि पार्टीकाट निष्काशन गरिएको थियो।  तर पार्टीभित्र चर्को विरोध भएपछि उनीहरुमाथिको कारवाही फिर्ता लिइएको संचारमाध्यमले उल्लेख गरेका छन्।

अखिलेशमाथि पार्टीमा गुटबन्दी गरेको आरोप लगाइएको  थियो। बहालवाला मुख्यमन्त्रीलाई पार्टीबाट निष्काशन गरेपछि युपीमा संवैधानिक संकट उत्पन्न भएको  थियो। कारवाहीमा परेसँगै अखिलेख यादवको सरकार अल्पमतमा परेको थियो।

विगत दुई महिनादेखिको विवाद अखिलेशलाई कारवाहीगरेसँग समाजवादी पार्टी विभाजनको संघारमा पुगेको थियो। अखिलेशलाई पार्टीबाट निष्काशन गरेपछि उनको घरका कार्यकर्ताको भीड लागेको थियो भने अखिलेशको पक्षमा नाराबाजीसमेत भएको थियो।

अखिलेश यादव सन् २०१२ मा युपीको मुख्यमन्त्री बनेका थिए। उनी सबैभन्दा कम उमेरमा मुख्य मन्त्री बन्ने नेताभित्र पर्छन। २०१२ को उत्तर प्रदेशको विधानसभा निर्वाचनमा अखिलेशले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। भारतमा अखिलेश युवा  राजनेताको रुपमा चर्चित भएका थिए।

उनलाई पार्टी अनुशान विपरित काम गरेको भन्दै पार्टीबाट निष्काशन गरिएको हो। आगामी उत्तर प्रदेश निर्वाचनकालागि भन्दै मुख्यमन्त्री अखिलेश यादवले आफ्नो उममेदवारी घोषणा गरेका थिए, जसलाई लिएर मुलायमसिंह यादव असन्तुष्ट थिए।  अखिलेश यादवलाईपार्टीबाट निष्काशन गरेको  विरोधमा अखिलेशका समर्थक सडकमा उत्रिएका छन्।

अखिलेशको जन्म १९७३ मा उत्तर प्रदेशको इटावा जिल्लाको स्याफइ गाउँमा भएको थियो।  अखिलेशका पिता मुलायम सिंह यादव लामोसमय सम्म उत्तर प्रदेशको मुख्यमन्त्री भएका थिए। मुलायमसिंहले नै समाजवादी पार्टीको स्थापना गरेका थिए।  अखिलेशकी आमा मालती देवी मुलायमसिंहकी दोस्रो श्रीमती हुन्।

प्रकाशित: १६ पुस २०७३ ०९:१४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App