४ वैशाख २०८१ मंगलबार
अन्तर्राष्ट्रिय

भ्रष्टलाई हवाइजहाजबाट फ्याँक्ने धम्की

मनिला–फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुर्टेतले भ्रष्ट अधिकारीलाई उडिरहेको हवाइजहाजबाट मिल्काउने धम्की दिएका छन् । उनले आफूले पहिले नै यस्तो गरिसकेको पनि बताएका छन् ।

डुर्टेतले भने, ‘यदि तपाईं भ्रष्ट हो भने म  मनिलाबाट हवाइजहाजमा तपाईंलाई लिन आउँछु र बीच बाटोमै हवाइजहाजबाट झारिदिन्छु ।’ डुर्टेतले फिलिपिन्समा भ्रष्टाचार र ड्रग्सका विरुद्धमा कडा कारबाही चलाउँदै आएका छन् । तर डुर्टेतलाई कानुनको सहारा नलिई मान्छे मार्दै आएको आरोप लाग्दै आएको छ ।

तर राष्ट्रपति र उनका सहयोगीले यस्तो आरोपको खण्डन गर्दै आएका छन् । यही महिनाको सुरुमा पनि डुर्टेतले डावा भन्ने स्थानमा सो क्षेत्रका मेयरको उपस्थितिमा नै तीन जनालाई गोली हानेको घटनाले चर्चा पाएको थियो । उनका प्रवक्ताले पछि राष्ट्रपतिको भनाइलाई गम्भीर रुपमा नलिन आग्रह गरेका थिए ।
उनले गत मंगलबार नक टेन आँधीले पीडित नागरिकलाई सम्बोधन गर्ने क्रममा यस्तो धारणा राखेका थिए । राष्ट्रपति कार्यालय स्वयंले उनको सो भिडियो पोस्ट गरेको थियो ।

यही बेला राष्ट्रपतिले यदि कुनै अधिकारीले आम नागरिकसँगै अनैतिक रुपमा पैसा लिएको पाइएमा हवाइजहाजबाट तल फ्याँकिदिने बताएका थिए । तर बिहीबार भने उनले एक अन्तर्वातामा आफूले त्यस्तो कुरा नबोलेको बताएका थिए ।

तर शुक्रबार आफ्नो देशका जनतालाई भ्रष्टाचार र दुव्र्यसनीका विरुद्धको लडाईमा सहयोग गर्न आह्वान गरेका थिए । ‘भ्रष्टाचार, दुव्र्यसन, अपराध र हिंसाका विरुद्धमा लड्ने र मुलुकको विकास गर्ने हाम्रो सरकारको अभियानलाई पूर्ण रुपमा सहयोग गर्न म सम्पूर्ण जनतालाई आह्वान गर्दछु,’ नयाँ वर्ष सन् २०१७ को अवसरमा दिएको शुभकामना सन्देशमा उनले भनेका छन् ।

 ‘आउनुहोस्, तपाई हामी सँगै काम गरौं, लगानीकर्ताहरुलाई आकर्षण गरौं, जनताका लागि रोजगारीका अवसरहरु सृजना गरौं र काममा रमाऔं,’ उनले आह्वान गरेका छन् ।  उनले शुभकामना सन्देशमा फिलिपिन्सका सम्पूर्ण जनताको नयाँ बर्ष सन् २०१७ उपलव्धिमुलक र अर्थपूर्ण होस भन्ने कामना पनि गरेका छन् ।     नयाँ वर्षको अवसरमा जनताकाबीचमा ऐक्यबद्धता, समझदारी, खुशी र आशा बढ्ने विश्वास पनि व्यक्त गरेका छन् ।

प्रकाशित: १७ पुस २०७३ ०४:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App