८ वैशाख २०८१ शनिबार
समाज

अगुल्टो प्रहारबाट मृत्यु

पाँचथर-अगुल्टो प्रहारबाट पाँचथर नाँगिनका एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा नाँगिन–८ भोटे गाउँ बस्ने ६४ वर्षीय डालमु शेर्पा रहेका छन् । गएराति सामान्य विवादमा झगडा हुँदा स्थानीय १८ वर्षीय आकाश शेर्पाले अगुल्टोले डालमुको टाउकोमा प्रहार गरेका थिए ।

अगुल्टो प्रहारबाट गम्भीर घाइते भएका शेर्पाको उपचारका क्रममा घरमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाँचथरका प्रहरी नायब उपरीक्षक नकुल पोख्रेलले बताउनुभयो ।
अगुल्टो प्रहार गर्ने आकाशलाई प्रहरी चौकी नाँगिनले नियन्त्रणमा लिएको छ । रासस

प्रकाशित: १७ पुस २०७३ ०४:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App