coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

नयाँ वर्षको पार्टीमा गोली चल्दा इस्तानबुलमा ३५ को मृत्यु

इस्तानबुल—टर्कीको राजधानीको एउटा नाइट क्लबमा नयाँ वर्षको पार्टी चलिरहँदा भएको गोली प्रहारमा कम्तिमा ३५ जनाको ज्यान गएको छ। सयौं व्यक्ति नयाँ वर्षको उल्लास मनाइरहँदा सान्ता पोशाकमा आएको व्यक्तिले रेइना नाइट क्लबमा फायरिङ खोलेको थियो।

गोली प्रहार गर्ने व्यक्ति को थिए र उनको अवस्था के छ भन्ने कुरा अझै खुल्न सकेको छैन। अपुष्ट खबरअनुसार उनको मृत्यु भएको छ।

इस्तानबुलको अति लोकप्रिय नाइट क्लबमा फायरिङ सुरु हुँदा स्थानीय समयअनुसार बिहानको १ः३० बजेको थियो।

घटनामा ४० घाइते भएको सीसीटिभी फुटेजबाट थाहा भएको छ। गोली प्रहार गर्ने व्यक्ति को थिए र उनको अवस्था के छ भन्ने कुरा अझै खुल्न सकेको छैन। अपुष्ट खबरअनुसार उनको मृत्यु भएको छ।

इस्तानबुलमा भएको यो घटनापछि नयाँ वर्षको उल्लास मनाइरहेकाहरु दुःखी भएका छन्। सरकारले यसलाई आतंककारी हमला भन्दै निन्दा गरेको छ।

ह्वाइट हाउसले घटनालाई आततायीपूर्ण आतंककारी हमलाको संज्ञा दिएको छ।

प्रकाशित: १७ पुस २०७३ ०५:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App