८ वैशाख २०८१ शनिबार
कला

धरानको फेशन शोमा पूर्वमिस नेपाल

धरान- अंग्रेजी नयाँ बर्ष २०१७ लाई रमाइलोसँग स्वागतको तयारीमा जुटिरहँदा धरानका दर्जन युवतीहरु भने शनिबार राती धरान १५ स्थित होटल इजी राइडर्समा सारीमा चिटिक्क सजिएका थिए। खासमा उनीहरु कतै जानलाई होइन, न्यु इयरको स्वागतकै लागि तयार थिए। तर, अलिक फरक तरिकामा।

निङ्सामको प्रस्तुती तथा फेरभर ग्रुपले न्यु इयर इभमा आयोजना गरेको द ग्रयाण्ड फेशन शो २ मा क्याटवक गर्न उनीहरु तयार थिए । राती ८ बजेदेखि शुरु भएको फेशन शो तथा अनप्लग कार्यक्रम मध्यरातसम्म चल्यो । मध्याह्न बाह्र बजे नयाँ बर्षलाई स्वागत गरेपछि मात्र रोकियो । जिया क्रिएशनकी जिया तामाङ र अस्मिता राईको डिजाइनमा धरानका दर्जन मोडलहरु र्‍याम्पमा उत्रिएका थिए । उक्त फेशन शोको शोज टपरकोरुपमा चर्चित मोडल एवं पूर्व मिस नेपाल सृष्टी श्रेष्ठ र नायिका परमिता आरएल राना मुख्य आकर्षण बनिन्।

कार्यक्रममा सबैभन्दा पहिला मोडलहरु सारी सिक्वेन्समा र्‍याम्पमा उत्रिए । सारीमा नायिका राना सोज टपरकोरुपमा प्रस्तुत भइन्। त्यसपछि, गायनमा मोडलहरु पुनः र्‍याम्पमा उत्रिए भने अन्तिम सिक्वेन्सकोरुपमा लेहेङ्गामा मोडलहरु क्याटवक गरे । यो सिक्वेन्समा पुर्व मिस नेपाल श्रेष्ठ सोज टपरकोरुपमा क्याटवक गरिन् । फेशन शोसँगै कलाकारहरुको नृत्यले पनि महौल तताएको थियो । र्‍याम्पमा धराने मोडलहरु सन्दीपा लिम्बु, सृर्जना राना, अश्लेष सुब्बा, नाङसाङ लिम्बु, प्रिया वासफोर, प्रिन्जा लिम्बु, विपना श्रेष्ठ, प्रिया लिम्बु, एनोर लिम्बु, प्रमु गुरुङ र नेहा बजाज थिए । फेशन शो पछि मध्यरातसम्म द ब्रदर्स ब्याण्डको प्रस्तुती चल्यो । इभेन्ट म्यानेजर कृष्ण राईका अनुसार छाता चोकस्थित पुर्नस्थापना गृह र ब्लड क्यान्सर पीडित नाइसा शाक्यको सहयोगार्थ फेशन शो आयोजना गरिएको हो ।

प्रकाशित: १७ पुस २०७३ १२:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App