coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
प्रवास

एएनएमा अन्तरिम कार्यकारी समिति

विजय थापा

वाशिंगटन डीसी—अमेरिकाको पुरानो नेपाली संस्था द एसोसिएसन अफ नेप्लिज इन अमेरिका (एएनए) को बोर्ड अफ ट्रस्टी (एएनए संचालक समिति) ले एएनए अन्तरिम कार्यकारी समितिको नियुक्ति गरेको छ।

अन्तरिम कार्यकारी समितिमा सभापतिमा मेदिनी अधिकारी, वरिष्ठ उपाध्यक्ष खगेन्द्र अधिकारी, संचार निर्देशकमा तुलसी जोशी, समिति सदस्यमा विजय श्रेष्ठ तथा राजेन्द्र खतिवडा नियुक्त भएका छन्।

गत डिसेम्बर २०१६ तारिख एएनए संचालक समितिको बैठकको निर्णय अनुसार जनवरी ७ देखि हुने गरी एएनए अन्तरिम कार्यकारी समितिको नियुक्ति गरिएको होl 

वर्तमान कार्यकारी समितिको कार्यकाल अवधि आगामी जनवरी ६ मा समाप्त हुने भएकोले जनवरी ७ देखि नै लागू हुने गरी अर्को कार्यसमिति चयन गरिएको हो। अन्तरिम कार्यसमितिले जनवरी ७ देखि अर्को चुनाब नहुन्जेल जुलाई ४ सम्म कार्यसञ्चालन गर्नेछ।

एएनए संचालक समितिले वर्तमान सभापति शम्भु ढुंगाना तथा समितिलाई कुसल नेतृत्व प्रदान गर्न सफल भएकोमा धन्यवाद दिएको छ।  

हरेक दुई वर्षमा जुन महिनामा निर्वाचन हुने गरे पनि जनवरी २०१५ मा अदालतद्वारा एएनए संचालक समितिको नियुक्ति भएकोले उक्त कार्यकारी समितिको म्याद आगामी जनवरी ६ ,२०१७ मा समाप्त हुने बिज्ञप्तिमा उल्लेख छ। 

यसैगरी निवर्तमान अध्यक्ष रोजर अधिकारीलाई एएनए संचालक समितिले संचालक समितिको सदस्यमा नियुक्त गरेको छ। उनको समय अवधि जनवरी ७ मा म्याद गुज्रिने हुन्छ भने वर्तमान अध्यक्ष शम्भु ढुंगाना एएनए संचालक समितिमा प्रवेश गर्नेछन्। उक्त एएनए संचालक समिति ( बोर्ड अफ ट्रस्टी ) सन् २०१५ मा स्थापित भएको हो। 

एएनए अन्तरिम कार्यकारी समितिमा सभापतिमा मेदिनी अधिकारी, वरिष्ठ उपाध्यक्ष खगेन्द्र अधिकारी, संचार निर्देशकमा तुलसी जोशी, समिति सदस्यमा विजय श्रेष्ठ तथा राजेन्द्र खतिवडा नियुक्त भएका छन्।

 

प्रकाशित: १९ पुस २०७३ ०८:०९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App