coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
प्रवास

युएईमा गाडीले ठक्कर दिँदा नेपाली घाइते

युएई— रोजगारीको लागि युएई  आएका जीवन राना सडक दुर्घटनामा परी घाइते छन्। उनी घाइते भएर थलिएको ९ दिन बितिसक्यो। उनको उपचार हुन सकेको छैन। गत डिसेम्बर २५ गते यूएईको शारजाहमा बाटो काट्ने क्रममा गाडीले ठक्कर दिँदा उनी घाइते भएका थिए। 

उपचारको लागि अस्पतालले अप्रेसन खर्च २० हजार यूएई दिराम झन्डै नेपाली छ लाख रुपैयाँ लाग्ने बताएको छ। सो रकम जुटाउन नसक्दा उनी निकै खिन्न छन्। रानाको उपचारको लागि एनआएनए युएई लगायतका संघसंस्थाले सहयोग जुटाइरहेका छन्। 

 वर्षदेखि युएईमा कार्यरत उनी झापाको सुरुङ्गाका हुन्। दुर्घटनामा हातखुट्टा र ढाड भाँचिएका उनको उपचारका लागि आर्थिक अभाव छ। युएईको रोटना सेक्युरिटी कम्पनीमा काम गर्दै आएका उनलाई दुर्घटना पछि शारजहा स्थित कुवेत अस्पतालमा उपचारको लागि राखिएको छ। 

उपचारको लागि अस्पतालले अप्रेसन खर्च २० हजार यूएई दिराम झन्डै नेपाली छ लाख रुपैयाँ लाग्ने बताएको छ। सो रकम जुटाउन नसक्दा उनी निकै खिन्न छन्। रानाको उपचारको लागि एनआएनए युएई लगायतका संघसंस्थाले सहयोग जुटाइरहेका छन्। 

'हामी रानाको उपचारको लागि सहयोग रकम जुटाइरहेका छौ', एनआरएन युएईका उपाध्यक्ष रमेश श्रेष्ठले नागरिकन्युजसँग भने,'उनलाई हेरचाह गर्न घरबाट भाइई बोलाउँदैछौं।'

श्रेष्ठले नेपाली दुताबास युएई र उनी कार्यरत कम्पनीसँग छलफल गरी उपचारमा सहयोग गर्न आग्रह गरेको बताए। घाइते रानाले अस्पतालको शैयाबाट भिडियोमार्फत उपचारमा सहयोग गर्न सबै नेपालीहरुमा अपिल गरेका छन्।

प्रकाशित: १९ पुस २०७३ ०८:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App