४ वैशाख २०८१ मंगलबार
कला

मञ्चमा उदाए, मञ्चमै अस्ताए

कठमाडौं– उनले जीवनभर अनेकभावकाअभिनय गरे । र, गरे अन्त्यमाआफ्नै मृत्युको अभिनय । तत्क्षणत्यो अभिनययथार्थमाबदलियो र उनको चोलाफुत्त उडेर अनन्तमाबिलायो ।

कस्तो दुःखद संयोग ! कलाकार विष्णुभक्त फुँयालमंगलबार राजधानीमा नाटक खेल्दाखेल्दै अस्ताए । ७९वर्षकाउनीराष्ट्रिय नाचघरमा ‘महर्षि याज्ञवल्क्य’ नाटक खेल्दै थिए । संवादबोल्दाबोल्दै बेहोस भएकाउनी फेरि बौरिएनन् ।
... ... ...
राजाजनकको राजसभामाजनक र ऋषिहरुबीचब्रह्मवेत्ताहरुको शास्त्रार्थ चलिरहेको छ । शास्थार्थ गर्दागर्दै एक जनाऋषि राजाजनकसँगशास्त्रार्थमा हार्छन् । र, हारको पीडा खप्ननसकेर बेहोस हुन पुग्छन् । ऋषि बेहोस भएको देखेर राजाजनकले सेवकहरुलाई राजवैद्य बोलाउनआदेश दिन्छन् । अनि छेवैमा रहेकामन्त्रीलाई आफूनजिकबोलाउँछन् ।
‘मन्त्रीजी,यताआउनुस् त ?’

मन्त्रीनजिकै आएर राजाको आडैमा बस्छन् । राजाबाट के आदेश होलाभनेर जिज्ञासु बनेकामन्त्रीत्यतिबेला छक्क पर्छन् जब राजाजनक केहीबोल्नुको साटो मन्त्रीकोकाखमा बेहोस हुन्छन् ।

आइतबारबाट मञ्चनभइरहेको नाटक ‘महर्षि याज्ञवल्क्य’को दृश्यहो यो । र,राजाजनकको रुपमाअभिनयगरिरहेकाथिएफुयाँल । उनले मन्त्रीलाई बोलाएर के आदेश देलान् भन्ने सबैमा जिज्ञासा थियो । तर ‘मन्त्रीजी,यताआउनुस् त ?’भन्ने नाटकको संवाद नै उनको जीवनको अन्तिम संवादबन्यो । मन्त्रीनजिकै आएपनिउनले मन्त्रीलाई आदेश दिन सकेनन् ।  

मञ्चबाट उदाएका विष्णुभक्त फुँयालबनेकाउनीमञ्चमै अस्ताए ।

‘जीवनमा यस्तो दिनपनि देख्नुपर्ला भन्ने कल्पनापनि गरेको थिइनँ,’दर्शकदीर्घाको पहिलो बेन्चमा बसेर नाटक हेरेका सोही नाटकका निर्देशकबद्रीअधिकारीलाई अहिले पनि विष्णुभक्तको त्यो अन्तिम दृश्य नाटकभन्दा फरक लागेको छैन । सुरुमा त उनलाई पनिअचानकफुँयालले के ‘इम्प्रोभाइज’गरेछन् भन्ने लागेको थियो तर केहीबेरसम्महलचलनगरेपछि अधिकारी आफैं मञ्चमाउत्रिए । धड्कनचलिरहेको थियो तर बोलाउँदाआवाज नआएपछि उनले नै दर्शकदीर्घातिर फर्केर कलाकार बिरामीभएकाकारण नाटक रद्द भएको सूचनादिए ।

‘दर्शकले मञ्चमाचलिरहेको दृश्य नाटक होइन रहेछ भन्ने बल्लचालपाए,’उनले नागरिकसँगभने,‘ पछिसम्म पनिदर्शक विष्णुजीको महाप्रस्थान नाटक नै भन्ठानेर हेरिरहनुभएको थियो तर उहाँको यो यात्रा नाटकभन्दा कमथिएन ।’
अधिकारीकाअनुसार फँुयालबारम्बार आफूनजिकका नाट्यकर्मीसँग नाटक गर्दागर्दै मर्न पाएहुन्थ्यो भनिरहन्थे ।
‘माग्यो भने पुग्दोरहेछभन्ने दृष्टान्त बन्नुभयो,’बद्रीले भने,‘जे माग्नुभएको थियो,त्यहीपाउनुभयो ।’
जमलस्थित राष्ट्रिय नाचघरमाबद्रीले करिब तीनमहिनाको रिहर्सलपछि आइतबारबाट ‘महर्षि याज्ञवल्क्य’ नाटकमञ्चनथालेकाथिए ।

सत्यमोहनजोशीलिखित नाटकले ऋषि याज्ञवल्क्यको जीवनको एक खण्डपर्दामाउतार्ने जमर्को गरेको थियो । आइतबार र सोमबार नाटकमा राजाजनकको भूमिकामा देखिएकाफुँयालले मंगलबार भने पूरा नाटक देखाउनपाएनन् । नाटक सकिनआधा घन्टा बाँकीहुँदा नै नाटकको दृश्यमाझैं बेहोस भए । केहीबेर मञ्चमै ब्युँताउने प्रयास असफल भएपछि कलाकारले उनलाईवीर अस्पताल पु¥याए तर त्यसको आधा घन्टापछि डाक्टरले उनलाई मृत घोषित गरे ।
‘५ बजेतिर ढल्नुभएको थियो, ६ बज्दासम्म डाक्टरलेउहाँलाई मृत घोषित गरे,’ बद्रीले भने । वीर अस्पतालका निर्देशकभूपेन्द्र बस्नेतलेभने अस्पताल ल्याइपु¥याउँदानै फुँयालबेहोस अवस्थामाभएको बताएका छन् । ‘ब्लडप्रेसर ठिक थिएन । अक्सिजन सेचुरेसन घटिसकेको थियो,’ उनले भने, ‘स्टोक नै मृत्युको मुख्यकारण हुन सक्छ ।’ यसअघि उनी सुगरका बिरामीथिए ।

‘नाटक गर्दागर्दै मर्न पाऊँभन्नुहुन्थ्यो । दैवको लीलात्यस्तै भ¥यो,’ कलाकार दीपकराजगिरीले भने, ‘सधैं सबैलाई हँसाइराख्नुहुन्थ्यो । उमेर ढल्कँदै गएपनिउहाँको जोशमाकमीथिएन ।’ नेपाल टेलिभिजनमाकुनै बेला ‘तीतोसत्य’माअभिनय गरेकाफुँयालत्यसको ‘ओ माई लभ’गीतअभिनयमार्फत निकै चर्चित थिए ।
रंगकर्मी मणिरामपोखरेलले गुरुकूलमा‘न्यायप्रेमी’, ‘घनचक्कर’, ‘बाघभैरव’ र ‘महानशिल्पी’लगायत नाटकमा सँगै अभिनय गरेको बताए । त्यस्तै कलाकारका रुपमाअत्यन्तै मेहनती र सबैको प्रेरणाको स्रोत भएको अर्का रंगकर्मी भोला सापकोटाले बताए ।
‘नाटकमा सँगै कामग¥यौं, उहाँअत्यन्तै सहयोगी र मेहनतीहुनुहुन्थ्यो’, उनले भने, ’नेपाली रंग क्षेत्रले अभिभावकगुमाएको छ।’ बौद्ध,महाँकाल घर भएकाउनकातीन सन्तान छन्। पाँचदशकदेखि रंगकर्ममा सक्रियउनले विभिन्न नाटक, चलचित्र र टेलिसिरियलमाअभिनय गरेका छन् । उनीनाटक लेख्थे पनि ।उनको जन्म सन् १९९४ भदौ २३ माभक्तपुरमाभएको हो । २०१९ सालमापहिलोपल्ट नेवारी नाटक ‘कर्मया भोग’माअभिनय गरेकाथिए । उनले ‘सहिदको सपना’नामको नाटक संग्रहपनिप्रकाशित गरेकाथिए । उनले यसै वर्षमात्र नेपाल सरकारबाट नाटक विधाको राष्ट्रिय पुरस्कार प्राप्त गरेकाथिए ।
फुँयालएमाले पार्टीबाट राजनीतिमापनि सक्रियथिए । उनीकामनपा वडा नं ६ को वडाध्यक्ष समेत भएकाथिए ।
 

प्रकाशित: २० पुस २०७३ ०२:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App