१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

स्वयम्भू निर्माणमा जुट्यो महासमिति

स्वयम्भू परिसरमा भूकम्पले भत्काएको शान्तिपुर मन्दिर । तस्बिरः हिमाल लम्साल

काठमाडौं–  स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमिति भूकम्पले ध्वस्त भएका मन्दिर तथा स्तुप निर्माणमा जुटेको छ । भूकम्पको २० महिनापछि महासमितिले मंगलद्वारको पुनर्निर्माण र शान्तिपुर मन्दिरको मर्मतसम्भार सोमबारदेखि थालेको हो ।

अघिल्लो वर्षको भूकम्पले स्वयम्भू महाचैत्य परिसरका देवाधर्म महाविहार, कर्मराज महाविहार, अनन्तपुर मन्दिर, प्रतापपुर मन्दिर र मंगलद्वारलाई ध्वस्त बनाएको थियो ।
महासमिति अध्यक्ष सर्वज्ञमान तुलाधरले स्वयम्भू महाचैत्य परिसरमा भत्किएका पूर्वाधार तथा संरचना निर्माणमा लागेको बताए । ‘पहिलो चरणमा भूकम्पले आंशिक क्षति पु¥याएका १७ संरचनाको मर्मतमा जुट्यौँ,’ उनले भने, ‘पछिल्लो समय पुरातŒव विभागको स्वीकृति लिएर दुई सम्पदा निर्माणमा लागेका छौँ ।’
महासमिति महासचिव महेन्द्ररत्न बुद्धाचार्यले भूकम्पले क्षतिग्रस्त सम्पदा निर्माणमा पुरातŒव विभागले समयमै स्वीकृति नदिँदा केही ढिलाइ भएको बताए । ‘विश्वसम्पदामा सूचीकृत स्वयम्भूको तत्कालै मर्मतसम्भारको माग ग¥यौँ । तर, विभागका कारण केही समय ढिलाइ भएकै हो,’ उनले भने, ‘चिनियाँ तथा थाइल्यान्डका राजदूत आएर निर्माणमा चासो दिएका थिए । तर, विभागले तत्कालै निर्णय गर्न सकेन ।’
महासमिति महासचिव बुद्धाचार्यका अनुसार शान्तिपुर मर्मतसम्भार गर्न करिब तीन करोड र मंगलद्वार पुनर्निर्माण गर्न ६० लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ । महासमिति कोष र चन्दा संकलनबाट निर्माण गरिने बताइएको छ ।
ऐतिहासिक महŒवका सम्पदा पुनर्निर्माणमा पुरानै निर्माण सामग्री प्रयोग गर्नुपर्ने महासमिति वरिष्ठ इन्जिनियर मणिरत्न तुलाधारले बताए ।
यता, अध्ययनबिना नै सम्पदा पुनर्निर्माण तथा मर्मतको स्वीकृति दिन नमिल्ने पुरातŒव विभाग प्रवक्ता रामबहादुर कुँवर बताउँछन् ।
‘ऐतिहासिक सम्पदा हचुवाका भरमा पुनर्निर्माण गर्न सकिँदैन,’ उनले भने, ‘सम्पदाको विस्तृत अध्ययन गरेपछि मात्रै निर्माण प्रक्रिया अघि बढ्ने हो ।’
स्वयम्भू परिसरका स्तुप तथा मन्दिरको पुनर्निर्माण तथा मर्मत कार्य भइरहेको उनको भनाइ छ ।
‘क्षतिग्रस्त सम्पदाको विभिन्न निकायको समन्वयमा निर्माण गरिरहेका छौंँ,’ उनले भने, ‘विभागले अनन्तपुर मन्दिरको पुनर्निर्माण गरिरहेको छ ।’

विभागका अनुसार विभाग, महासमिति र गुम्बा समितिले स्वयम्भू परिसरका स्तुप तथा मन्दिर पुनर्निर्माण र मर्मतसम्भार गर्नेछन् । विभागले अनन्तपुर र प्रतापपुरको निर्माण गरिरहेको छ । महासमितिले मंगलद्वार र शान्तिपुरको पुनर्निर्माण र मर्मतसम्भारको जिम्मेवारी लिएको छ । त्यसैगरी, गुम्बा व्यवस्थापन समितिले देवाधर्म महाविहार र कर्मराज महाविहारको भत्किएका संरचना हटाउने कार्य गरिरहेको छ ।

स्वयम्भू महाचैत्यको वरपर विभिन्न स्वरुपका नौवटा बुद्धका स्तुप तथा मन्दिर रहेका छन् । भूकम्पले स्वयम्भू महाचैत्यलाई भने केही असर पारेको छैन ।


 

 

प्रकाशित: २० पुस २०७३ ०४:३८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App