१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

फोर्ड एनडेभर पूर्ण आकारको एसयुभीमा घोषित

काठमाडौं– यस वर्षको प्रख्यात एनडिटिभी कार एन्ड बाइक अवार्ड समारोहमा फोर्ड एनडेभरलाई पूर्ण आकारको एसयुभीमा घोषित गरिएको छ । सन् २०१६ मा बजारमा ल्याइएको फोर्ड एनडेभर बनावट, ढाँचा, ड्राइभिङ अनुभूति र प्रविधिमा उच्चतम रहेको कम्पनीको दावी रहेको छ।

यो पुरस्कार त्यसैको फलस्वरुप पाइएको पनि कम्पनीको भनाइ छ । नयाँ एनडेभर एसयुभी फोर्डको टी६ मा आधारित डिजाइन रहेको भन्दै कम्पनीले यो सबै पक्षबाट सुविधायुक्त हुनुका साथै आफ्नो दरिलो मौलिकता झल्काउने गाडी भएको जनाएको छ।

यसको ठूलो बम्पर डिजाइनदेखि लिएर यसमा रहेको ७ वटा एयर ब्याग, यसको आकर्षक बनावट र प्रविधि विश्वव्यापी फोर्ड एसयुभी डिजाइनमा आधारित भएको कम्पनीले जनाएको छ।

फोर्ड एनडेभर अस्ट्रेलियास्थित फोर्ड मोटरको फ्याक्ट्रीमा अनुसन्धान र विकास गरी अहिले विश्वव्यापी रुपमा बिक्री वितरण सुरु भएको जनाएको छ। कम्पनीले भारत र नेपालमा यो सन् २०१६ मा बजारीकरण गरिएको जनाउँदै भन्दै कम्पनीले यसले निकै लोकप्रियता हासिल गर्न सफल भएको पनि जनाएको छ।

 

प्रकाशित: २० पुस २०७३ ०५:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App