coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

भिबोर सोसाइटीलाई अन्तर्राष्ट्रिय बेस्ट इन्टरप्राइज

काठमाडौं– भिबोर सोसाइटी डेभलपमेन्ट बैंक लिमिटेडलाई समिट अफ लिडर्स–२०१६, सोक्रेट्स अवार्ड सेरेमोनी अक्सफोर्ड, लन्डनमा अन्तर्राष्ट्रिय बेस्ट इन्टरप्राइज अवार्डबाट सम्मानित गरिएको छ।

उक्त पुरस्कार युरोप बिजनेस एसेम्बलीद्वारा प्रदान गरिएको बैंकले जनाएको छ। युरोप बिजनेस एसेम्बलीले बैंकका प्रमुख कार्यकारी अधिकृत झलकप्रसाद खनाललाई म्यानेजर अफ द इयर समेत घोषणा गरेको बैंकले जनाएको छ।  युरोप बिजनेस एसेम्बली ६० भन्दा बढी देश सदस्य र साझेदार रहेको युरोपियन संस्था हो।

उक्त पुरस्कार बैंकका अध्यक्ष सुशीलराज पराजुली र प्रमुख कार्यकारी अधिकृत खनाललाई लन्डनको अक्सफोर्डमा प्रदान गरिएको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: २० पुस २०७३ ०५:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App