८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

इराकमा हत्या गरिएका १२ नेपालीका आफन्तले अमेरिकी अदालतमा मुद्दा हारे

काठमाडौं— इराकमा सन् २००४ मा अपहरणपछि हत्या गरिएका १२ नेपालीका आफन्तले अमेरिकामा दायर गरेको मुद्दा हारेका छन्। अमेरिकाको न्यु ओर्लिन्सस्थित पुनरावेदन अदालतले पीडित नेपालीका आफन्तलाई हराउँदै कलोग ब्राउन एन्ड रुट (केबीआर) को पक्षमा फैसला सुनाएको हो।

निर्णय प्रक्रियामा सहभागी तीन न्यायाधीशबीच राय बाझिएको थियो। दुई न्यायाधीशले अमेरिकी कम्पनीलाई जिताउनु पर्ने राय दिएका थिए। एक जनाले नेपाली कामदारको पक्षमा राय पेश गरेका थिए।

सन् २०१३ मा अमेरिकी अदालतले नेपालीहरुको विपक्षमा फैसला सुनाएपछि पुनरावेदन परेको थियो। पुनरावेदन अदालत न्युओर्लिन्सले तल्लो अदालतकै फैसला सदर गरिदिएको हो।

इराकमा हत्या भएका नेपालीहरु अमेरिकी सैनिकको क्याम्पमा काम गर्नेहरु थिए। उनीहरुलाई अमेरिकी कम्पनी केबीआरको साझेदार जोर्डनी कम्पनी दाउद एण्ड पार्टनर्सले अम्मानको होटलमा काम गर्न लैजाने भनी झुटो प्रलोभन देखाएर इराक पुर्‍याएको भन्दै मृतकका आफन्त तथा अपहरणमा नपरेका नेपालीले केबीआरविरुद्ध अमेरिकी अदालतमा मुद्दा दायर गरेका थिए।

न्यायाधीश इडवार्ट प्राडोले अमेरिकी कम्पनी केबिआरको कनेक्सन नेपाली कामदार लिनेसम्मको कार्यमा नदेखिएको भन्दै रिट निवेदन खारेज गर्नुपरेको बताए।

२०१३ मा अमेरिकी तल्लो अदालतले नेपालीहरुको विपक्षमा फैसला सुनायो । त्यसविरुद्ध परेको अपिलमा न्यू ओलियन्सको पुनरावेदन अदालतले पनि अमेरिकी कम्पनीकै पक्षमा फैसला सुनाएको छ। सन् २००८ मा अमेरिकी अदालतमा मुद्दा दायर भएको थियो।

निर्णय प्रक्रियामा सहभागी तीन न्यायाधीशबीच राय बाझिएको थियो। दुई न्यायाधीशले अमेरिकी कम्पनीलाई जिताउनु पर्ने राय दिएका थिए। एक जनाले नेपाली कामदारको पक्षमा राय पेश गरेको रोयटर्सले जनाएको छ।

प्रकाशित: २० पुस २०७३ ०७:३१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App