कहिले हेर्न पाइएला श्रीपेच?

बिहिबार, २१ पुष २०७३, ०९ : २२ हिमाल लम्साल  | @mtlamsal

काठमाडौं- नारायणहिटी दरबार संग्रहालय पुग्ने जोकोहीलाई लाग्छ, श्रीपेच कहाँ छ? राजसंस्थाको प्रतीक मानिने श्रीपेच त्यहाँ देख्ने गरी राखिएको भने छैन। अब भने दरबार संग्रहालय पुग्नेको यो इच्छा पूरा हुनेछ।

सग्रंहालयका प्रमुख रोहितकुमार ढुंगानाले विविध कारण श्रीपेच सार्वजनिक गर्न ढिलाइ भए पनि चाँडै यस्तो व्यवस्था मिलाइने जानकारी दिए।

'श्रीपेच देखाउन संग्रहालय जहिले पनि तयार छ। केही प्राविधिक प्रक्रिया पूरा हुनेबित्तिकै प्रदर्शनीमा राखिनेछ,' उनले भने, 'नयाँ वर्षभित्रै प्रदर्शनीमा राख्ने लक्ष्य छ।'

संग्रहालयमा श्रीपेच, राजदण्ड, रानीले प्रयोग गर्ने टायरा, झिँगाबाट बच्न प्रयोग गरिने सुनको चमर, तत्कालीन समयमा राष्ट्रिय सभामा प्रयोग गरिने मेस, राजतरबार लगायत बहुमूल्य सामग्री प्रदर्शनीमा राखिनेछ।

अहिले श्रीपेच नारायणहिटी दरबारको सैलुन कक्षमा नेपाली सेनाको २४ घन्टे पहरामा राखिएको छ। भूकम्पले श्रीपेच राख्ने 'इन्टिग्रेटेड सर्भिलेन्स सेक्युरिटी सिस्टम' को उपकरणमा क्षति पुर्‍याएकाले सार्वजनिक गर्न केही ढिलाइ भएको दाबी उनले गरे।

'मन्त्रालयबाट उपकरण मर्मतसम्भारको बजेट आइसकेको छ। दुई–तीन महिनाभित्रै बिग्रिएका उपकरण बनाइसक्छौं,' उनले भने, 'सबै सुरक्षा निकायका सुरक्षाविज्ञले श्रीपेचको सुरक्षा निर्क्याेल गरेपछि मात्रै प्रदर्शनीमा राखिनेछ।'

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले २०६७ सालमा श्रीपेच संग्रहालयमा प्रदर्शनी गर्न मन्त्रालयका सहसचिव नारायण रेग्मीको संयोजकत्वमा सातसदस्यीय कार्यदल गठन गरिएको थियो। कार्यदलले उपयुक्त सुरक्षा रणनीति अपनाएर दरबारको सुर्खेत कक्षमा राखेर प्रदर्शन गर्न सुझाएको थियो।

कार्यदलले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धानका सुरक्षाविज्ञले सुरक्षाको निर्क्याेल गरेपछि मात्रै बुलेटप्रुफसहितको अत्याधुनिक उपकरणमा राख्न सुझाएको थियो।

'२०७१ चैतको अन्तिमबाटै श्रीपेच प्रदर्शनी गर्ने तयारीमा जुटिरहेका थियौं। सरकारी प्रक्रिया अघि बढ्दाबढदै भूकम्प आयो,' संग्रहालय प्रमुख ढुंगानाले भने। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाहीले केही समयअघि संग्रहालय अवलोकन गरेर श्रीपेच सार्वजनिक गर्न संग्रहालयलाई निर्देशन दिएका थिए।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव घनश्याम उपाध्यायले मन्त्रालय श्रीपेच जनतालाई देखाउने पक्षमा रहेको बताए। 'मन्त्रालयले श्रीपेच प्रदर्शनीमा राख्न घच्घच्यारहेका छौं,' उनले भने, 'प्रदर्शनी गर्न सुरक्षा चुनौती देखिएको छ।'

संस्कृति महाशाखाका सहसचिव भरतमणि सुवेदीले श्रीपेच सार्वजनिक गर्न केही अप्ठेरा भए महाशाखाका तर्फबाट बाधाअड्चन फुकाउने प्रतिबद्धता व्यक्त गरे। राजतन्त्र अन्त्यपछि तत्कालीन राजाले दरबार त्यागेपछि स्थापना गरिएको नारायणहिटी दरबार संग्रहालय प्रधानमन्त्री पुष्पकमल दाहालले २०६५ फागुन १५ गते उद्घाटन गरेका थिए। त्यसयता सर्वसाधारणका लागि अवलोकन खुला गरिएको संग्रहालयमा अहिलेसम्म श्रीपेच भने देखाइएको छैन।










यसमा तपाईको मत

Loading...

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

बुँख्याचा मनको रंगशिल्प

बुँख्याचा मनको रंगशिल्प

'बुँख्याचा मन'को निर्देशकीय परिकल्पनाका दृष्टिले रंगमञ्च संयोजनले उच्चता प्राप्त गरेको देखिन्छ। मितव्ययी रंगप्रविधिबाट पनि यति गहिरो कथालाई सहजै प्रस्तुत गर्न...

'निशा नभएको भए म डुबिसक्थेँ'

'निशा नभएको भए म डुबिसक्थेँ'

सँगै नाटक गर्दागर्दै सुनील र निशाले एकअर्कालाई मन पराए, प्रेमिल व्यवहार दर्शाउन थाले। उनीहरूको कलिलो प्रेमको पालुवाले रंगमञ्चको पर्दा छिचोल्यो,...

'उपन्यासलाई नाटकमा उतार्न गाह्रो भयो'

'उपन्यासलाई नाटकमा उतार्न गाह्रो भयो'

जनकपुरमा रहँदा रेडियो नाटक गर्दागर्दै मैथिली नाट्यकर्मी रविन्द्र झाको सहयोगमा सरिता साह शरंगमञ्चमा प्रवेश गरेकी हुन्। नाटककै लागि २०६९ मा...

हलमा अस्कर विजेता फिल्म

हलमा अस्कर विजेता फिल्म

हलिउड फिल्म नेपालमा वितरण गर्दै आएको एप्पल इन्टरटेनमेन्टले अस्कर अवार्ड विजयी र मनोनीत तीन सिनेमा नेपाली मल्टिप्लेक्स हलमा प्रदर्शन गर्ने...

Fixed Ad