coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
फोटो फिचर

यस्ताे देखियाे एमालेकाे माेटरसाइकल र्याली (फाेटाे फिचर)

काठमाडौं– नेकपा एमालेले बिहीबार अपरान्ह राजधानीमा हजाराैं मोटरसाइकल एकैपटक सडकमा गुडाएर र्याली प्रर्दशन गर्याे। संविधान संशोधन प्रस्तावको विरोधमा २२ गते आयोजना गरिने जनप्रदर्शनको पूर्व तयारीस्वरुप २१ गते राजधनीमा मोटरसाइकल र्याली आयोजना गरेको एमालेले जनाएको छ।

उक्त माेटरसाइकल र्याली भृकुटी मण्डपबाट शुरु भएर भद्रकाली–त्रिपुरेश्वर–थापाथली–जाउलाखेल–सातदोबाटो–कोटेश्वर–सिनामंगल–बत्तीसपुतली–डिल्लिबजार–बागबजार हुँदै रत्नपार्क आएर समापन भएकाे थियाे।

२२ गते एमालेले आयोजना गरेको जनप्रदर्शनको तयारीस्वरुप २१ गते विशाल मोटर साइकल र्याली आयोजना गरिएकाे एमाले सचिव याेगेश भट्टरार्इले बताए। मोटरसाइकल र्यालीका कारण राजधानीको सडक यातायात प्रभावित भएकाे थियाे।

तस्बिरहरूः केशव थाेकर

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App