७ वैशाख २०८१ शुक्रबार
अर्थ

अप्पर माई जलविद्युत् आयोजनाको सेयर खुल्दै

इलाम–अप्पर माई जलविद्युत् आयोजनाले निस्कासन गर्न लागेको सेयर वितरणमा ‘अति प्रभावित क्षेत्र’का बासिन्दालाई प्राथमिकता दिनुपर्ने जिल्लाको माइमझुवा र माबु गाउँका बासिन्दाले माग गरेका छन् । आयोजनाले वितरण गर्ने भनेको १० प्रतिशतमध्येको ५० प्रतिशत सेयर आयोजना निर्माणस्थल माबु र माइमझुवाका बासिन्दालाई दिन उनीहरूले माग गरेका हुन् ।

नीयले आयोजना कार्यालयमा बुझाएको अनुरोधपत्रमा ‘संस्थागत सामाजिक उत्तरदायित्व’अन्तर्गत आयोजनाले कुनै १ वर्ष नभई बर्सेनि २ प्रतिशत रकम स्थानीय क्षेत्रमा लगानी गर्नुपर्ने माग गरिएको छ । उनीहरूले प्रभावित क्षेत्रका अति विपन्न र सुकुमबासी परिवारलाई आयोजनाले प्रदान गर्ने न्यूनतम् सेयर निःशुल्क दिन माग गरेका छन् । 

गत १४ गते आयोजित भेलाले गरेका निर्णयसहितको पत्र उनीहरूले शुक्रबार आयोजनाको सदरमुकामस्थित कार्यालयमा बुझाएका छन् । उनीहरूले आयोजनाले माबु, माइमझुवा, गोदक र इलाम नगरपालिकाका बासिन्दाका लागि सेयर खुलाउँदा समान रूपमा नभई आयोजनास्थल माबु र माइमझुवालाई ‘अति प्रभावित’मा वर्गीकरण गर्न माग गरेका हुन् । 

‘आयोजनाको निर्माणस्थल माबु र माइमझुवा गाविस हुन्,’ माइमझुवाका अगुवा घनश्याम गुरुङले भने, ‘ट्रान्समिसन लाइन र विद्युत् सब–स्टेसन रहेका इनपा र गोदक गाविसलाई पनि हामीसँग समान रूपमा राख्न  मिल्दैन ।’ उनले माबु र माइमझुवालाई अति प्रभावितको सूचीमा नराखिए आन्दोलनसम्मका दबाबमूलक कार्यक्रम गर्ने चेतावनी दिए । 

स्थानीयले आयोजना कार्यालयमा बुझाएको अनुरोधपत्रमा ‘संस्थागत सामाजिक उत्तरदायित्व’अन्तर्गत आयोजनाले कुनै १ वर्ष नभई बर्सेनि २ प्रतिशत रकम स्थानीय क्षेत्रमा लगानी गर्नुपर्ने माग गरिएको छ । उनीहरूले प्रभावित क्षेत्रका अति विपन्न र सुकुमबासी परिवारलाई आयोजनाले प्रदान गर्ने न्यूनतम् सेयर निःशुल्क दिन माग गरेका छन् । 

‘जग्गा–जमिन नै नभएको आयोजना प्रभावित क्षेत्रका परिवारलाई आयोजनाले निःशुल्क सेयर दिनुपर्छ,’ गुरुङले भने, ‘पैसा नहुने परिवारको पनि सेयर पाउने अधिकार समान होस् ।’ आयोजनाले पूर्वसर्तअनुसार खोलामा १० प्रतिशत पानी नछाडेको, प्रभावित क्षेत्र र खोलाका मुहानमा नियमित वृक्षरोपण, भू–संरक्षण गर्नुपर्नेलगायतका माग दुबै गाविसका बासिन्दाले राखेका छन् । 

आयोजनाले पूर्वसहमति कार्यान्वयन नगरेको भन्दै स्थानीयले विरोध गरेपछि गत १४ गते आयोजना र माबु गाविसबासीबीच भएको भेलामा विभिन्न सहमति भएको थियो । आयोजनाले पूर्वसर्तअनुसार स्थानीय जनजाति समुदायको संस्कृति उत्थान र विकासका लागि ६ लाख र गाउँमा विद्युत् विस्तारका लागि ३ लाख रुपैयाँ दिने, गाउँमा चलिरहेको ‘आइपिसी’ परियोजनाका लागि ५० हजार र गाउँघर स्वास्थ्य क्लिनिकलाई पनि २० हजार रुपैयाँ सहयोग गर्ने सहमति त्यतिबेला भएको थियो । तर, माइमझुवा र माबुकै बासिन्दाले पुस १३ मा बसेको बैठकको निर्णयसहितको पत्र आयोजनामा बुझाएको माबु–३ का चेतराज राईले जानकारी दिए । ‘माबु गाविसबासीले राखेका अन्य माग पूरा भएका पनि छन्,’ राईले भने, ‘तर, १४ पुसको सहमति हुनुभन्दा १ दिनअघि बसेको माबु र माइमझुवा गाविसबासीको निर्णयअनुसार पछिल्लो माग गरिएको हो ।’

९.९८ मेगावाटको अप्पर माई जलविद्युत् आयोजनाको उत्पादन जेठदेखि केन्द्रीय प्रसारणमा जोडिएको छ । आयोजनाअन्तर्गत ६.१ मेगावाटको अप्पर माई–सी क्यासकेड आयोजना निर्माणाधीन छ । निर्माणकर्ता पञ्चकन्या माई हाइड्रो पावर लिमिटेडले ३ वर्षअघि निर्माण सुरु मुख्य आयोजनाको विद्युत् इलामकै गोदकस्थित सब–स्टेसनमा जोडिएको छ । 

प्रकाशित: २२ पुस २०७३ ०८:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App