१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

दाङ बिमानस्थल नियमीत गर्न सरकारी चासो

दाङ- अनियमीत दाङको बिमानस्थल नियमीत सञ्चालनका लागि सरकारले चासो देखाएको छ। ईन्धन डिपो, तथा यात्रु अभावको कारण देखाउँदै नियमीत उडान भर्न नसकेको यो बिमानस्थललाई कसरी सञ्चालनमा ल्याउन सकिन्छ भन्नेमा सरकारले चासो देखाएको हो।

यो बिमानस्थललाई नियमीत बनाउने उदेश्यले संस्कृति,पर्यटन तथा नागरिक उड्यनन मन्त्री जीवनबहादुर शाहीले अनुगमन गरेका छन्। नेपाल उड्यनन प्राधिकरणका अधिकारी सहित मन्त्रालयका प्राविधिक सहित बिमानस्थल अनुगमन गरेका उनले यो बिमानस्थलबाट नीजि कम्पनीका बिमानहरु नियमीत उडान भराउने आश्वासन दिए। तर सरकारी बिमान उडान भने सम्भव नरहेको उनले बताए। ‘सरकारसंग पर्याप्त बिमान छैनन्,त्यसैले यो बिमानस्थलमा नियमीत सरकारी बिमान बसाउने आश्वासन म दिन्न’उनले विहिवार तुलसीपुर स्थित बिमानस्थलमा पत्रकारहरुसंग भने ‘तर म मन्त्री रहँदा सम्म नीजि बिमानहरु यहाँबाट नियमीत उडान भर्ने वातावरण म मिलाएरै छोड्छु।’ ‘मैले भोली देखिनै उडान सुरु हुन्छ भनेर बोल्दैमा जहाज आईहाल्ने त हैन,’उनले भने ‘यसको बिस्तृत अध्ययन पश्चात यसको नियमीत सञ्चालनको बलियो योजना बनाएर काम अघि बढाउँछौँ र जति सक्यो छिटो नियमीत उडान हुन्छ।’

त्यसका लागि धावनमार्गको बिस्तार अपरिहार्य रहेको उनले बताए। हाल यो धावनमार्गको लम्बाई साढे सात सय मिटर मात्रै छ भने चौडाई तीस मिटर छ। ‘कम्तीमा साढे १२ सय मिटर लम्बाई धावन मार्ग बनाएर यहाँ ४५ सिटे बिमानहरुलाई नियमीत उडाउन सकिन्छ,’उनले भने ‘यसका लागि मेरो पहल रहने छ ।’ धावनमार्ग बिस्तार र धावन मार्ग नजिकमा रहेका भौतिक संरचना हटाउनका लागि स्थानीय संगको समन्वय भने स्थानीय स्तरबाटै हुनु पर्ने उनले बताए। धावनमार्गको एकातर्फको भाग ओरालो रहेकाले त्यसलाई फिलिङ गर्ने पर्ने र अर्को भाग तर्फका भौतिक संरचनाहरु हटाईनु पर्ने उनले बताए।

२०११ सालदेखि सञ्चालन सुरु भएको यो बिमानस्थल अँझै सम्म पनि नियमीत बन्न सकेको छैन। नीजि क्षेत्रको समन्वय र पहलमा बिमान सेवा सन्चालन गरेपनि त्यसले निरन्तरता पाउन सकेन।

 

प्रकाशित: २२ पुस २०७३ ०९:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App