८ वैशाख २०८१ शनिबार
अर्थ

स्टक ब्रोकर एशोसिएशन अध्यक्षमा प्रियराज रेग्मी

काठमाडौं– स्टक ब्रोकर एशोसिएशन अफ नेपालको अध्यक्ष पदमा प्रियराज रेग्मी निर्विरोध निर्वाचित भएका छन्।
शुक्रबारबार शुरु भएको एशोसिएशनको साधारण सभाले रेग्मीको अध्यक्षतामा १० सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो।

कार्यसमिति उपाध्यक्षमा भरत रानाभाट, महासचिव सन्तोष मैनाली, सचिव टंकप्रसाद गौतम, कोषाध्यक्ष धर्मराज सापकोटा रहेका छन्।

सदस्यहरुमा राजकुमार तिमिल्सिना, विनोद ढकाल, रमणदेव पन्त, सन्तोष पौडेल, संजिला अर्याल निर्वाचित भएका छन्।

प्रकाशित: २३ पुस २०७३ ११:२७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App