coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

दार्जिलिङमा ‘दर्पण छायाँ–२’

दार्जिलिङ- फिल्म ‘दर्पण छायाँ–२’ को महत्वपूर्ण दृष्यको पुनः सुटिङ गरिएको छ। दार्जिलिङमा पुगेर ‘क्लाइमेक्स’को फेरि सुटिङ गरिएको हो। ‘भीएफएक्स’ प्रविधिको सहायतामा क्लाइमेक्सलाई आकर्षक ढंगले प्रस्तुत गर्ने निर्देशक तुलसी घिमिरे योजना प्राविधिकका कारण असफल भएपछि फेरि सुटिङ गर्नुपरेको हो ।

फिल्मका दृष्यलाई आकर्षक बनाउने प्रविधि अर्थात् भीएफएक्स गर्न जय गिरीलाई दिइएको थियो। उनले सुरुमा राम्रो गर्ने बताएपनि निर्देशक घिमिरेको अपेक्षा पूरा गर्न सकेनन्। सुटिङ पूरा गरेर डबिङ थालेका निर्देशक घिमिरेले फेरि सुटिङ गर्ने जोखिम यही कारणले मोलेका हुन्।

झण्डै १५ मिनेटको क्लाइमेक्स सुटिङ तीन दिन लगाएर दार्जिलिङको जीटीए सभा हलमा गरिएको छ। जुन दृष्यका लागि मात्रै दार्जिलिङका ३० जना संगीतकर्मी जम्मा भएका थिए । सकेसम्म स्तरीय र वास्तविक देखाउने प्रयास गरिएको घिमिरेले बताए । उनले भने, ‘हामीले यही दृष्यलाई भीएफएक्स गर्न एक चरणको सुटिङ गरिसकेका थियौं । तर, यसको जिम्मा लिएका जय गिरीले राम्रो गर्न सकेनन् ।’

नेपाली फिल्मका दर्शकले असाध्यै रुचाएको फिल्म ‘दर्पण छायाँ’को सिक्वेल पनि उत्तिकै शशक्त बनाउने ‘प्रेसर’ घिमिरेमाथि छ । यसकारण उनले कुनै कुरामा पनि सौदा नगरेको बताए । पछिल्ला दुई फिल्मले अपेक्षित सफलता हासिल नगरेकाले घिमिरे यो फिल्मबाट सफलता निर्देशकको छवी फिर्ता गर्न खोजिरहेका छन् । जुन दार्जिलिङमा फिल्मको पुनः सुटिङ गर्दा पनि स्पष्टै देखिन्थ्यो । यसपल्ट उनलाई निर्देशनमा उनका छोरीहरु भावना र पञ्चमी घिमिरेले सघाएका छन् । उनीहरुले मुम्बईमा रहेर फिल्म निर्देशनको ज्ञान हासिल गरेका थिए । फाइन आर्ट पढेकी भावनाले कला निर्देशनमा दख्खल राख्छिन् भने मास मिडिया पढेकी पञ्चमीले फिल्म निर्देशनमा।

फिल्मको क्लाइमेक्समा रहेको नृत्यको कोरियोग्राफी मिङ्मा दोर्जी लेप्चाले गरेका छन्। उनी भारतीय टेलिभिजन स्टार प्लसले गर्ने ‘डान्स प्लस’ सिजन २ का फाइनलिस्ट हुन्। मुम्बईमा रहेर उनले कोरियोग्राफी अघि बढाइरहेका छन् । सुटिङका क्रममा भेटिएका लेप्चाले भने, ‘नेपाली फिल्मका नृत्यको कोरियोग्राफी गर्न पाउँदा खुशी लागेको छ ।’ उनले यो फिल्मका लागि १० जना स्टेप डान्सर समेत सिक्किमबाटै ल्याएका थिए।

फिल्मको छायांकन रामेश्वर कार्कीले गरेका हुन् । फिल्मको मुख्य भूमिकामा पुष्पल खड्का, सहारा कार्की, श्रद्धा प्रसाई, फिरोज तिमिल्सेना, सुमन घिमिरे, जीवन आचार्य छन् । सहारा फिल्मस्को पहिलो प्रस्तुति रहेको फिल्मको प्रस्तोता डा लोप्जङ लामा हुन् भने निर्मात्री साबु गदाल हुन्।

 

 

प्रकाशित: २३ पुस २०७३ १२:३४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App