फेस्टिभलमा नेपालका १९ फिल्मको सहभागिता

आइतबार, २४ पुष २०७३, ०८ : ४९ नागरिक


काठमाडौं- अखिल नेपाल चलचित्रकर्मी संघको आयोजनामा आगामी २७ पुषबाट माघ २ सम्म धरानमा हुने 'इन्टरनेशलन फिल्म फेस्टिबल अफ नेपाल–२०१७' (इफोन) मा विभिन्न १६ देशका ४८ ओटा चलचित्र चयन भएका छन्।

अखिल नेपालच चलचित्रकर्मी संघको आयोजनामा हुन लागेको यो फेस्टिबलमा नेपालबाट अन्तर्राष्ट्रिय र नेपाल पानोरमामा गरी चलचित्र, बृत्तचित्र र लघु चलचित्र गरी १९ ओटा फिल्म चयन भएको महोत्सब संयोजक केपी पाठकले जानकारी गराए। जस अन्तर्गत अन्तर्राष्ट्रिय कम्पिटिसन अन्तर्गत फिक्सन फिभरमा नेपालबाट मिन भाम निर्देशित 'कालो पोथी' र मनोज पण्डित निर्देशित 'छायाँ' परेको छ।

यस्तै डकुमेन्ट्री तर्फ अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा नेपालबाट दुई ओटा वृत्तचित्र परेका छन्। अन्तर्राष्ट्रिय महोत्सवमा दर्जन भन्दा बढी अवार्ड जितेको गणेश पाण्डे निर्देशित वृत्तचित्र 'भाग्यले बाँचेकाहरु' र भोजराज भाट निर्देशित वृत्तचित्र 'सुनकली' चयन भएको पनि संयोजक पाठकले जनाए।

नेपाल पानोरमा तर्फ फिल्म विधामा हिमग्यापी टासी निर्देशित नवल खड्काको फिल्म 'भिमदत्त', अरुण प्रधान निर्देशित पहिलो याख्खा भाषाको फिल्म ओम्ला, दिनेश पाल्पाली निर्देशित फिल्म बालकृष्ण सम चयन भएका छन्।

नेपाल पानोरमा अन्तर्गत वृत्तचित्रको प्रतिस्पर्धामा सचिन घिमिरे र गौरब केसी निर्देशित मानवशास्त्री डोरबहादुर बिष्टको जीवनीमा आधारित वृत्तचित्र 'म अलप हुन चाहन्छु' चयन भएको छ। यो वृत्तचित्र महोत्सवको उद्घाटन समारोहमा प्रदर्शन गरिने भएको छ। यस्तै रामबहादुर रसाईली निर्देशित अपाङको पीडा, दिनेश खड्गी शाही निर्देशित 'लाईफ डजन्ट रिवाईन्ड' वृत्तचित्र पनि यो प्रतिस्पर्धामा रहेको छ। अखण्ड भण्डारी निर्देशित चेपाङ समुदायको जीवनीमा आधारित वृत्तचित्र 'द केभ स्माइल' अप्रतिस्पर्धी विधामा परेको छ।

नेपाल पानोरमाकै लघु फिल्मको प्रतिस्पर्धामा सुसन प्रजापति निर्देशित 'लाज', कला संग्रौला निर्देशित 'बुट्टेजामा', प्रशन्न माली निर्देशित 'तिर्खा', भिम विश्वकर्मा निर्देशित 'शून्य', राकेश महर्जन निर्देशित 'कल्ली', सुवास गजुरेल निर्देशित 'हरेरामकी आमा', सेनामा ग्याङजो तामाङ निर्देशित 'झा लो', प्रेम राउत र सागर बिक्रम कडरी निर्देशित 'डोम समाज' यो फेस्टिभलमा चयन भएका छन्।

महोत्सबको उद्घाटन आगामी २७ पुस बिहान १० बजे विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको प्रेक्षालयमा हुनेछ। फेस्टिभल ५ दिनसम्म चल्नेछ। 









यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।


अन्य समाचार

'पहिला नेपाली फिल्म हेर्दा झुर लाग्थ्यो'

'पहिला नेपाली फिल्म हेर्दा झुर लाग्थ्यो'

अभिनय क्षेत्रमा आउनुअघिसम्म नेपाली फिल्मप्रति अभिनेत्री सुरक्षा पन्तको धारणा सकारात्मक थिएन। नियमित फिल्म हेर्ने गरे पनि फिल्मप्रति उनको आलोचना तिखो...

विवादित बन्यो राष्ट्रिय कला प्रदर्शनी

विवादित बन्यो राष्ट्रिय कला प्रदर्शनी

आन्तरिक विवाद थाती राखेर सुरु भएको सातौं राष्ट्रिय ललितकला प्रदर्शनी विवादित बनेको छ। गलत कलाकृतिलाई पुरस्कृत गर्नेदेखि लिएर  प्रतिष्ठानका गतिविधी...

सायद २ को दोस्रो ट्रेलर सार्वजनिक

सायद २ को दोस्रो ट्रेलर सार्वजनिक

नेपाली फिल्म ‘सायद २’ ले दोस्रो ट्रेलर सार्वजनिक गरेको छ। आइतबार हाइलाइट्स नेपालको औपचारिक च्यानलमार्फत ‘सायद २’ को दोस्रो ट्रेलर...

प्रेमध्वज–दुर्गालालको ठट्टा

प्रेमध्वज–दुर्गालालको ठट्टा

श्रेष्ठले घोषणा गरे–‘कसैले प्रेमध्वज कहिल्यै रिसाएको, रिसाएर मुख बिगारेको देखेको भए भन्नु, तुरुन्तै १० हजार पुरस्कार ।’ प्रधानसँगै उपस्थित गलल...