होटल हिल्टन निर्माणका क्रममा नक्सालको सडक भासियो

आइतबार, २४ पुष २०७३, १० : ३४ केशव थोकर

काठमाडौं— हिल्टन वर्ल्डवाइड र जगदम्बा हस्पिटालिटी समूहको लगानीमा निर्माणाधीन होटलले जमिनमुनि अत्यधिक खन्दा नक्सालको सार्वजनिक सडक भासिएको छ।

विश्वभरि ४ हजार ८२० कम्पनीको स्वामित्व रहेको हिल्टन वर्ल्डवाइड काठमाडौंमा पाँचतारे होटल निमार्णका क्रममा सडक भासिएको हो।

नक्सालस्थित भगवती बहाल र प्रहरी प्रधान कार्यालय जाने बाटोमा होटल निर्माणका लागि जमिन खन्ने काम भइरहँदा अाइतबार सडक भासिएको हो। होटलको नाम डबल ट्री राखेर काम भइरहेको थियो।

दुईतर्फी सवारी सञ्चालन हुने सडकको आधा भासिएपछि सवारी आवागमन अवरुद्ध भएको छ। सवारी आवागमन अवरुद्ध हुँदा सो क्षेत्र वरपरको ट्राफिक व्यवस्था अस्तव्यस्त भएको छ।

एघार तलाको सो होटल निर्माणका लागि जमिनमुनि खन्दा नजिकैका घरहरु समेत धरापमा परेको भन्दै छिमेकीहरुले चिन्ता जनाइरहेका बेला सडक भासिएको हो।

भर्जिनिया मुख्यालय रहेको हिल्टन वर्ल्डवाइडसँग अमेरिका, युरोप, मध्यपूर्व सहित एक सय देशमा  होटल एवं रिसोर्ट रहेका छन्। विश्वभरि ४ हजार ८२० कम्पनीको स्वामित्व रहेको हिल्टन वल्डवाइडले नेपाली साझेदारसँग मिलेर काठमाडौंमा पाँचतारे होटल निर्माण गर्न लाग्दा सो दुर्घटना भएको हो।

 

तस्बिर : केशव थोकर/दिनेश गोले









यसमा तपाईको मत

Loading...

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

लेखन यात्रा अनवरत रहनेछ: जीवा लामिछाने

लेखन यात्रा अनवरत रहनेछ: जीवा लामिछाने

गैरआवासीय नेपाली संघका प्रमुख संरक्षक जीवा लामिछानेद्वारा लिखित कृति सरसर्ती संसार जर्मनीमा लोकार्पण गरिएको छ। ...

प्रियंका चोपडाको फिल्ममा मञ्जु केसी अभिनेत्री

प्रियंका चोपडाको फिल्ममा मञ्जु केसी अभिनेत्री

बलिउड अभिनेत्री प्रियंका चोपडाले आफ्नो फिल्म ‘पौवा’को लागि नेपालीभाषी अभिनेत्रीलाई छनोट गरेकी छन्। सिक्किमेली मोडल मञ्जु केसी क्षेत्रीलाई उनले आफ्नो...

कालो पोथी उत्कृष्ट फिल्म

कालो पोथी उत्कृष्ट फिल्म

माओवादी द्वन्द्वले नेपाली समाजमा पारेको प्रभाव र दुई बालकको मित्रतामा आधारित फिल्म कालोपोथीले धरानमा आइतबार सम्पन्न पहिलो अन्र्तराष्ट्रिय चलचित्र महोत्सव(आइफोन)मा...

अधुरै रह्यो यम बुद्धको ‘खतरा’

अधुरै रह्यो यम बुद्धको ‘खतरा’

यसै साता नयाँ एल्बम ‘खतरा’ सार्वजनिक गर्ने तर्खरमा थिए, यम बुद्ध । तर, २९ वर्षीय नेपाली ¥यापर यम बुद्ध (अनिल...